अपडेट 
२०७८ आश्विन १३, बुधबार १६:४९

नेपालमा बुधबार थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय ५२ पिसिआर परिक्षणका क्रममा ८ सय ९२ र ३ हजार ८ सय ८९ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८५ हजार ५ सय ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय २३ संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार १ सय १३ संक्रमित निको हुँदा हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना निको भएका छन् । हाल १८ हजार १ सय ९३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News