२०७८ आश्विन १४, बिहीबार ०७:३४
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाका सयौं एमाले नेता कार्यकर्ताहरु जसपामा प्रबेश गरेका छन् ।
सप्तकोसी न.पा. वडा नं ९ का एमाले वडा कमिटी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । नवप्रबेशीहरुलाई जसपा कार्यकारिणी सदस्य एवं सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला लगाई स्वागत गरेका थिए । जसपा सप्तकोसी नगरपालिका प्रमुख रामकुमार यादवको अध्यक्षतामा समपन्न कार्यक्रममा जसपा नेता श्याम यादव,सुरेन्द्र यादव,चितरन्जन यादव,शम्भु चौधरी लगायतका उपस्थिति रहेको थियो ।


