अपडेट 
२०७८ आश्विन १५, शुक्रबार ०८:०५

विसं २०४०मा डा. हर्कबहादुर गुरुङ्गले ‘नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाईसराई’ सम्बन्धी प्रतिवेदन तयार पारेको थियो । सत्तर बुँदै सो प्रतिवेदनमा नेपाल–भारतको सीमालाई व्यवस्थित गर्नुपर्ने विषयपनि समावेश थियो । नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको वासिन्दा र पारी भारतीयको अनुहार, रहनसहन र भाषा एकनासको भएकाले “को नेपाली, को भारतीय” छुट्टटाउन गाह्रो छ । तसर्थ, फरक देखिनका लागि दक्षिणी सीमावर्ती क्षेत्रमा पहाडी समुदायको वसोवास गराउनुपर्ने मनसाय सो प्रतिवेदनको थियो । भुगोलविद् डा. गुरुङ्गको प्रतिवेदनमा उल्लेख गरिएका विषय गम्भीर एवम् संवेदनशील थियो । त्यो प्रतिवेदन जारी भएको भए सीमावर्ती क्षेत्रका मधेशी समुदायको अवस्थाबारे कल्पना गर्नुस त कस्तो हुन्थ्यो ? सीमावर्ती क्षेत्रको मधेशी समुदायको बस्ती खाली गराई वा सीमासँग जोडिएका खेतीयोग्य जग्गा अधिग्रहण गरी पहाडी समुदायको बस्ती बसाउने योजना थियो । गुरुङ्गको सो प्रतिवेदनबाट दीर्घकालीन असरसँगे सीमावर्ती क्षेत्रका मधेशीमाथि थिचोमिचो हुने देखिएपछि तत्कालै गजेन्द्रनारायण सिँह कडा प्रतिवादमा उत्रनुभयो । उहाँले स्थापना गर्नुभएका नेपाल सद्भावना परिषद नामक एक सामाजिक संस्थामार्फत उक्त प्रतिवेदनको व्यापक रुपमा विरोधका कार्यक्रमहरु विराटनगर, राजविराज, जनकपुर, सिरहालगायत तराईका विभिन्न ठाउँहरुमा गर्नुभयो ।

सोअन्तर्गत, जनचेतना फैलाउनका लागि पर्चा, पोष्टर टाँसेर सो प्रतिवेदनको विरुद्धमा एकजुट भएर आवाज उठाउन विद्यार्थीका साथै सर्वसाधारणलाई आह्वान गरिएको थियो । उतिखेर, म,(प्रभाषचन्द्र झा) रामदेव दास र अखिलेश्वर झाले बेलुकीको समयमा विराटनगरस्थित महेन्द्र मोरङ्ग क्याम्पसको हातामा पोष्टर टाँसेका थिएँ । गजेन्द्रबावु आपूm स्वयं विभिन्न ठाउँहरुमा पुगेर जनमानसलाई सो प्रतिवेदन लागू भएपछि मधेशीको दूर्दिन शुरु हुने विषयमा सचेत गराउनुका साथै विरोधका लागि एकजुट भएर आवाज उठाउन आह्वान गर्नुहुन्थ्यो । त्यसपछि, मधेशमा विरोधका स्वर बढ्न थालेको देखेर डा. गुरुङ्गको प्रतिवेदन लागू गर्नबाट पञ्चायती सरकार हच्किएँ । पञ्चायतकालमा मधेशको पक्षमा आवाज बुलन्द गर्नु चानचुने कुरा थिएन् । त्यस्तो, समयमा पनि गुरुङ्ग प्रतिवेदनको विरुद्धमा लहर शुरु भइसकेको थियो । मधेशमा पनि पहाडी समुदायको दबदवा धेरै बढी थियो । उतिखेर, अधिकांस मधेशीले पहाडी समुदायका मानिसलाई ‘नेपाली’ भनेर सम्बोधन गर्दथे । पहाडीहरुमात्रै नेपाली हुन् भने ‘तिमी’ को हो ? सोध्दा निरुत्तर हुन्थ्यो । पहाडेलाई ‘ पहाडी’ भन्न आँट पुग्दैनथ्यो । मधेशीहरु अवहेलित र हेपिएको अवस्थामा थियो । मधेशी समुदायमाथि पहाडी शासकको तरवार सधैं झुण्डिएको अनुभूति हुन्थ्यो । त्यो बेलामा पनि गजेन्द्र नारायण सिँहले मधेश र मधेशीको हकहितका लागि आवाज उठाइरहन्थ्यो । सो कारणले अहिलेपनि गजेन्द्रनारायण सिँहलाई मधेशी समुदाय बडो सम्मानको दृष्टिले हेर्छन् । बावा रामजन्म तिवारी सुनसरीका रघुनाथ ठाकुर, डा. महानन्द ठाकुर, श्यामलाल मिश्रलगायतले मधेशीको हकहितका लागि आवाज उठाउँदै रहेकाले उहाँहरुलाई कारागारका साथै विभिन्न किसिमको यातना सहनुपरेको थियो ।२०४६ सालको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा तराईका जिल्लाहरुमा मधेशीहरुले सक्रियताका सहभागी भएका थिए ।

नेपालमा प्रजातन्त्र स्थापना भयो । नेपाल सद्भावना परिषद ‘पार्टी’ मा परिवर्तन भयो । सो पार्टीका साथै नेपाली काँग्रेस, नेकपा(एमाले)लगायतका पार्टीको मञ्चबाट पनि मधेशीहरुको हक अधिकारको आवाज उठ्न थाले । प्रजातन्त्र स्थापनापछि मधेशमा पहाडे समुदायको वर्चस्व क्रमिक रुपमा घट्दै गयो । ज्ञानेन्द्रको शाही शासनको विरुद्ध ०६२÷०६३को आन्दोलन सफलपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संविधानसभामार्फत मुलुकमा संविधान निर्माण गर्ने रणनीति भएपनि तत्काल मुलुक सञ्चालनका लागि २०६३ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधान जारी गर्नुभयो । सो अन्तरिम संविधानमा मधेशको मागलाई नसमेटिएको भन्दै मधेशी जनअधिकार फोरम नामक सामाजिक संस्थाले काठमाडौंस्थित माइतीघर मण्डेलामा माघ २ गते अन्तरिम संविधानको प्रतिलिपी जलाएको थियो । सो घटनाको अभियोगमा उपेन्द्र यादवलगायत २८ जना पक्राउ परे । उहाँहरुको रिहाइको माग राखी मधेशमा विरोधका कार्यक्रम शुरु भयो । लहानमा नेकपा माओवादीका नेता सुरेन्द्र कार्की चढेको गाडीलाई बन्दकर्ताले रोकेपछि भनाभनको क्रममा गोली चल्दा विद्यार्थी रमेश महतो शहीद भए । सो घटनालगतै मधेशमा सशक्त आन्दोलन शुरु भयो । थारु, मुश्लिम, राजवंशीलगायत मधेशी पहिचान बोकेका सवै समुदाय एक ढिक्का भएर आन्दोलनलाई उत्कर्षमा पु¥याए । दर्जनौं व्यक्ति शहीद भए । त्यो आन्दोलनको फलस्वरुप मधेशका अधिकांस मागहरु पुरा भयो । यसको नायक उपेन्द्र यादव हुनुहुन्थ्यो । समग्र मधेशको यो पहिलो आन्दोलनले अव मधेशी, दमनको विरुद्धमा आवाज उठाउनमा पछाडि पर्दैनन् भन्ने छुट्टै सन्देश प्रवाह भयो । त्यो आन्दोलनले मधेशीको मान, सम्मानमा अभिबृद्धिका साथै पहिचान पनि स्थापित भएकै हो ।

उतिखेर, समग्र मधेश ‘मधेशीमय’ बनेको थियो । उहिलेको मधेश र अहिलेको मधेशमा धेरै परिवर्तन आइसकेको थियो । सत्ता हेर्यो कि मधेशी दल फुटयो ! २०५२ सालमा गठित शेरबहादुर देउवाको नेतृत्वको संयुक्त सरकारमा गजेन्द्रनारायण सिँह मन्त्रिमण्डलमा सहभागी हुनासाथ नेसपाको आन्तरिक विवाद चरमोत्कर्ष अवस्थामा पुग्यो । सांसदद्वय ह्रिदेश त्रिपाठी र अनिस अन्सारीले मन्त्री बन्न नपाएको कारण असन्तुष्ट भए । त्यसपछि, नेकपा (एमाले)को समर्थनबाट राप्रपाका लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा २०५३ फागुन २९ गते र नेपाली काँग्रेसको समर्थनमा राप्रपाकै सूर्यबहादुर थापाको नेतृत्वमा गठित सरकारको समयमा नेपाल सद् भावना पार्टीभित्र मन्त्री बन्ने ललकको कारण पार्टी विभाजित भयो । पार्टी विभाजित भएपनि दुई बर्षभित्र पुनः ह्रिदेश त्रिपाठीहरु एक्यबद्ध भए । गजेन्द्रनारायण सिँहको २०५८ साल माघ १० गते निधन भएपछि उपाध्यक्ष रहनु भएका बद्री मण्डल नेसपाको कार्यवाहक अध्यक्ष भए । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित सरकारमा नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्ष बद्री मण्डल कृषि तथा सहकारीमन्त्री बनेपछि पुनः पाटी विभाजित भयो । त्यसपछि, नेपाल सद्भावना पार्टी टुक्रा– टुक्रामा विभाजित हुँदै अन्तोगत्वा, नेपाल सद्भावना पार्टी विलिन नै भयो । २०६४ साल वैशाख महिनामा निर्वाचन आयोगबाट दलको रुपमा मान्यता पाएका मधेशी जनअधिकार फोरम टुक्रा टुक्रामा विभक्त हुँदै सो नामनै विलिन भयो । त्यो पार्टीमात्रै होईन मधेश समर्थित अन्य पार्टीहरुपनि विभाजनको चपेटामा परे । २० बर्षको अवधिमा मधेशी दलभित्रको विभाजनको लामो ईतिहास छ । सवैभन्दा पहिले मधेशी जनअधिकार फोरम (मजफो) बाट भाग्यनाथ गुप्ताले २०६४ साल भदौंमा पार्टी फोडेर मजफो ‘मधेश’ गठन गरे । २०६६ सालमा पुष्पकमल दाहालको राजीनामापछि माधव नेपालको सरकारमा उपेन्द्र यादव र विजय गच्छदारले आ–आफ्ना नेतृत्वमा सरकारमा जाने अडानको कारणका साथै पुनः पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गर्ने विषयमा पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेपछि सो पार्टी फुट्यो ।

गच्छदारले मधेशी जनअधिकार फोरमलोकतान्त्रिक) गठन गरी माधवकुमार नेपालको सरकारमा सहभागी भए । २०६९ साल असारमा मजफो (लोकतान्त्रिक) फोडेर शरद्सिँह भण्डारीले राष्ट्रिय मधेश समाजवादी पार्टीको स्थापना गरे । २०६८ जेठ ९ गते मजफो नेपाल फोडेर जयप्रकाश गुप्ताले मजफो (गणतान्त्रिक) गठन गरे ।२०६९ साल पुस ११ गते नन्दन दत्तले सो पार्टी फोडे । महन्थ ठाकुरको नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी पनि फुटबाट अछूतो रहेन् । २०६७ पुस १६ गते महेन्द्र रायले ‘तमलोपा नेपाल’ गठन गरे । राजेन्द्र महतोको सद्भावना पार्टी फोडेर रामनरेश रायले ‘राष्ट्रिय सद् भावना पार्टी’ गठन गरे । नेपाल सद्भाना पार्टी फोडेर अनील झाले पनि नयाँ पार्टी गठन गरे । २०७० साल भदौं १९मा महेन्द्र राय र रामनरेश राय मिलेर ‘तराई मधेश सद्भावना पार्टी’ गठन गरे । २०७० सालमा ६ पार्टी मिलेर ‘राष्ट्रिय जनता पार्टी’ गठन गरे । केपि ओलीको दल विभाजनसम्बन्धी अध्यादेशको कारण राजपा र सङ्घीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी गठन गरे । शेरबहादुर देउवाले दोश्रो दलविभाजनसम्बन्धी अध्यादेशमार्फत ल्याएको विधेयकको कारण महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ । मधेशको हकहितको विषयमा वैचारिक मतभेद भई फुट भएको भए तार्किक बहशको विषय हुन्थ्यो । तर, सत्ताको हानथाप, पार्टी अध्यक्षको दवङ्ग नीति, अध्यक्षलाई महत्व नदिने, अनुशासनहीनताको पराकाष्ठा, एक अर्काको सम्मान नगर्ने र राजनीतिबाट आर्थिक उपार्जनगर्ने प्रवृतिको कारण मधेश केन्द्रीत दलहरुमा टुटफुट भइरहयो । कटुसत्य के हो भने राजनीतिक दलहरुले मधेशलाई सत्तामा पुग्ने भ¥याङको रुपमा उपयोग गरेको देखिन्छ । कुनैपनि व्यक्ति घोखा दिन्छ भने त्यस्ता, व्यक्तिमाथि पटक पटक विश्वास गर्नु भनेको खतरालाई निम्तो दिनु सरहनै हो । प्रचण्डलाई रामबहादुर बादलले यसअघि पनि छोडेर हिँडेको थिए । फेरी गल्ति स्वीकारदै पुनः प्रचण्डसँग मिल्यो । केपि ओलीको सरकारमा प्रचण्डको सिफारिसमा गृहमन्त्री भए । अन्तोगत्वा, बादलले प्रचण्डलाई पुनः धोखा दिए । मधेशवादी दलमा दर्जनौं ‘बादल’ छन् । अर्काको घरको सामानले आफ्नो घरको सजावट सुन्दर र टिकाउ हुँदैन् । किनभने, घरधनीले आफ्नो घरमा सुहाउने खालका सजावटका सामान राख्छन् । घरको नक्सा फरक रहेको अवस्थामा अर्काको घरको समानले शोभा बढाउँदैन् ।

अपितु, भद्दानै देखिन्छ । पार्टी नेतृत्वकर्तालाई गम्भीर भएर विचार गर्नुपर्ने हो । तराई काँग्रेसका संस्थापक वेदानन्द झाले २०१५ सालको निर्वाचनमा नराम्ररीसँग पराजित भए । मधेशी जनताले वेदानन्द झामाथि पत्याएन् । उहाँले कुनै सरकारसँग मधेशीको सम्बन्धमा सम्झौंता पनि गरेको थिएन् । तपाई ! मधेशवादी नेताजीहरुमाथि मधेशी जनता पत्याए । तपाईको आह्वानमा ज्यान दिए, रगत बगाए, घाइते भए र जेलनेल, यातना सहे । तपाईहरुको निर्देशनलाई मधेशी जनताले समर्पित भएर पालना गरे । मधेश आन्दोलनको उपलब्धिबाट सवैभन्दा बढी लाभ नेताहरुले पाएका छन् । जनताको पालो कहिले आउने हो ? यो अत्यन्त गम्भीर विषय हो । पटक पटक मधेशी जनताले रगत बगाउने र मधेशी नेताहरु सत्तामा आसिन हुने भन्ने सपना नहेर्नुनै उचित हुन्छ । नयाँ– नयाँ नारा दिएर मधेशलाई आन्दोलित गर्न खोज्नुभन्दा प्राप्त उपलब्धिलाई व्यवस्थित गरौं । फुटको राजनीतिलाई तिलाञ्जलि दिनुनै सवैभन्दा राम्रो विकल्प हो । देउवाको सरकारको ढाइ महिनाभन्दा बढी हुन लागेको छ । उपेन्द्र यादवको कारणले मन्त्रिपरिषदले पूर्णता लिन सकेको छैन् । कारण, एउटै छ, असन्तुष्ट साँसदले जारी दल विभाजनसम्बन्धी विधेयकमार्फत नयाँ दल गठन गर्ने डर । त्यस्ता, व्यक्ति आज नभए भोलि पक्कै साथ छोड्ने छ । त्यस्ता ,व्यक्तिहरुको लागि बाटो खुलस्त गरिदिनुनै उत्तम हुनेछ । सिद्धान्तको आधारमा राजनीतिगर्ने व्यक्ति हत्तपत पार्टी न फोड्छ र न छोड्छ । त्यस्ता, व्यक्ति पार्टीभित्र अन्तिम समयसँग सङ्घर्ष गर्छन् । ईतिश्री ।

Comment


Related News

Latest News

Trending News