अपडेट 
२०७८ आश्विन १५, शुक्रबार ०८:०९

जनकपुरधाम । बिजबजार काठमाण्डुले कम्पनिको कामकाजको सन्दर्भमा जनकपुरधाममा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार मानकी होटलको सभाकक्षमा आयोजित सो कार्यक्रमको मुख्य उद्देश्य जनकपुरधामका व्यवसायीहरुलाई अनलाईन/ईन्टरनेटको माध्यमले विजबजार संग जोडेर व्यवसाय गर्ने रहेको बिजबजारका प्रमुख रामचन्द्र शर्माले बताए । ‘‘जे चाहिन्छ त्यो पाईन्छ ’’ मुख्य नाराका साथ २०७३ सालमा स्थापित आर .के .डी. होल्डिंग सेन्टरको भातृ कम्पनिको रुपमा रहेको बिजबजारले देशभरका सातै प्रदेशका ठुलादेखि साना सबै प्रकारका व्यवसायिहरुको किनमेलको माध्यमको रुपमा काम गरिरहेको प्रमुख शर्माले जनाए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जनकपुर उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठले हिमालको उत्पादन तराईमा र तराईको उत्पादन हिमाल सम्म पुग्ने पुलको काम गर्ने महत्वपुर्ण माध्यमको रुपमा रहेको बिजबजारको योजनामा जनकपुरका व्यवसायिहरुले हर एक प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

५० जना ठुला–साना व्यवसायिहरुको सहभागिता रहेको सो कार्यक्रमका संयोजक बिजबजारका जोनल अफिसर श्रवण कुमार झाले भने –‘ आजको विधुतीय व्यवसायलाई ग्राउण्ड जिरोका हर–एक प्रकारका व्यवसायिहरुसंग सहकार्य गरि सेवाग्राहीलाई एउटा कल / म्यासेजको भरमै समान घर सम्म पु¥याउने हाम्रो मुख्य उद्देश्य हो । ’ अभिमुखिकरण कार्यक्रममा व्यवसायिहरुले आ–आप्mनो जिज्ञासा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News