२०७८ आश्विन १५, शुक्रबार १६:१२

कोरोनाका कारण असहज बनेको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज साना सवारीसहित सर्वसाधारणका लागि खुला भएको छ ।

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय सर्कुलर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज भन्सार कार्यालयमा आइपुगेपछि शुक्रबारबाट प्रमुख नाका खुला भएको हो । अब दुवै देशका नागरिकले निजी सवारीसहित सीमा नाका वारपार गर्न पाउने भएका छन् । नाका खुला भएपछि स्वास्थ्यसम्बन्धी केही मापदण्ड भने अपनाउन पर्नेछ । कोरोना संक्रमण घटेपछि वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

सुरक्षा र स्वास्थ्यकर्मीले अनुमति दिएका गाडीलाई कुनै रोकावट नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘हाम्रा तर्फबाट केही रोकावट छैन’, उनले भने ।

Comment


Related News

Latest News

Trending News