अपडेट 
२०७८ आश्विन १५, शुक्रबार १७:२२

नेपालमा शुक्रबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार १ सय १३ पिसिआर परिक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८७ हजार ६ सय ८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ९ सय ३८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६६ हजार ६ सय ९६ जना निको भएका छन् । हाल मुलुकभर १८ हजार १ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News