अपडेट 
२०७८ आश्विन १६, शनिबार ०६:५५

जनकपुरधाम । जनकपुरधामस्थित नीजि बिद्यालयले कोरोना संक्रमणको त्रासले भएको बन्दाबन्दीको समस्यालाई मध्येनजर गर्दै विद्यार्थीको तीन महिनाको सम्पुर्ण शुल्क मिनाहा हुने भएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको उपस्थितिमा नीजि संस्थागत विद्यालयको छाता संगठनहरु प्याबसन ,एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारी सहभागि भएको बैठकले तीन महिनाको मासिक शुल्क , यातायात ,छात्रावास लगायतको सबै शुल्क पुर्णतः मिनहा गरिएको निर्णय भएको जउनपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ –‘ कोभिड –१९ दोश्रो चरणको लहरमा भएको बन्दाबन्दीले अभिभावकहरु मारमा परेको मध्येनजर गर्दै विद्यार्थीहरुको गत जेष्ठ , असार र श्रावण महिनाको सम्पुर्ण शुल्क मिनहा गरिने भएको छ ।

Comment


Related News

Latest News

Trending News