२०७८ आश्विन १६, शनिबार ०७:०८

जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले ज्येष्ठ नागरिकलाई घरेलु अपहेलनाबाट मुक्त गराउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री सिंहले ज्येष्ठ नागरिकलाई घरेलु अपहेलनाबाट मुक्त गर्न ठोस नीति ल्याउने बताए । घरपरिवार र समाजमा बृद्धबृद्धालाई अपमान हुने क्रम बढेको छ, मन्त्री सिंहले भने, ‘जीवनको उतराद्धमा ज्येष्ठ नागरिकलाई अपमानित हुन नदिन अगामी दिनमा ठोस कार्यक्रम ल्याउने छौ ।’ मन्त्री सिंहले ज्येष्ठ नागरिक भगवान सरह भएको उल्लेख गरे । कार्याक्रममा प्रदेश २ का ८ जिल्लाका १६ जना ज्येष्ठ नागरिकलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रदेशको ८ जिल्लाबाट २/२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद ५ हजार रुपैयासहित सम्मान गरेको मन्त्रालयका महाशाखा प्रमुख देव कुमारी खत्रीले बताइन् ।

कार्यक्रममा तीन बृद्धा आश्रमलाई २५ हजार नगद र २५ हजारको खद्यान्न सामग्री उपलब्ध गराइएको थियो । जनकपुरको जानकी बृद्धाआश्रम, सर्लाहीको पद भुवनेश्वी नमुना बृद्धाआश्रम र बाराको ज्येष्ठ नागरिक सम्मान बृद्धाआश्रमलाई पुरस्कृत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News