अपडेट 
२०७८ आश्विन १६, शनिबार ०७:११

गौर । विगत करिव डेढ वर्षदेखि बन्द रहेको नेपाल– भारत सीमा खोल्ने निर्णय गरेपनि रौतहटको सीमा नाकामा सवारी साधनको आवागमन हुन् सकेको छैन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् बाट बन्द रहेको सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण कार्यान्वयन सहित आवागमन सुचारु गर्ने गरेको निर्णय कार्यन्वयन हुन् सकेको छैन । जिल्ला प्रसाशन कार्यालय रौतहटले नेपाल–भारत सीमामा पर्ने गौर भन्सार, लक्ष्मीपुर भन्सार , औरैया मनमोहन गेट, लत्मरि , बन्जरहा , राम्पुरखाप, बंकुल नाकामा स्थानीय तहले हेल्प डेस्क स्थापना गरेपछि स्थलगत मार्गबाट नेपाल प्रवेश गर्न सकिने भनि जारी गरेको सुचना पनि अधुरो सावित भएको छ । नेपालले सीमानाका खुलेको आम नेपाली जनतालाइ सुचना दिए पनि भारतीय सीमा सुरक्षाको लागि खटिएको भारतीय सीमा सुरक्षा बलका जवानले अवरोध कायम राख्दा नेपाल सरकारको निर्णय कार्यान्वयन नहुने भएको छ । गौर भन्सार कार्यालयको कार्यालय प्रमुख शुसिल शर्माले शुक्रबारदेखि भारतीय सवारी साधनको राजश्व संकलन गरिने भनि दिएको जानकारी मिथ्या सावित भएको छ । सामाजिक संजालमा भारतीय नीजि सवारी साधनको पुर्ववत रुपमा भन्सार काटिने सार्वजनिक सुचनाको आधारमा नीजि सवारी लिएर भन्सार पुग्दा राजश्व संकलन नगरेपछि सवारी धनीहरु फिर्ता आएको थियो ।

गएको वर्ष २०७६ चैत्र ११ गते देखि बन्द गरिएको सीमा नाका संचालनमा आएको खबरले स्थानीय केहि समयको लागि हर्षित भएको थियो । भारत पक्षबाट अवरोध कायमै रहेको कारण गौर भन्सार बाट पूर्ण रुपमा आवागमन सहज हुन् नसकेको स्थानीयहरुले जनाएको छ । भारतको सीतामढी जिल्लाका पदाधिकारी सुनिल कुमार यादवले नेपाल–भारत सीमा खुलाउने भनि अधिकारिक पत्र भारत सरकार बाट नआएको बताए । उनले बिहार सरकार र सीमामा रहेका सशस्त्र सीमा सुरक्षा बललाई यस विषयमा जानकारी आउने जनाए । जिल्ला प्रसाशन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अर्को सुचना जारी गर्दै गौर भन्सार र बंकुल छोटी भन्सारबाट आवागमन गर्न सकिने जानकारी गराएका छन् ।

Comment


Related News