अपडेट 
२०७८ आश्विन १६, शनिबार १३:५४

सुकुम्वासीहरुको नाममा वितरण गरिएको जग्गा गैर सुकुम्वासीहरुले कव्जा गरेको जग्गा फिर्ता गर्न माग सहित चुरे तथा वनजंगल संरक्षण अभियानले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र वुझाएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियान महोत्तरीको आयोजनामा जलेश्वरमा विरोध प्रर्दशन गर्दै महोत्तरीका गैर सुकुम्वासीले कव्जा गरेको वनको ऐलानी जग्गा फिर्ता गराई असली सुकुम्वासीहरुलाई प्रदान गर्नका जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्रमाफर्त माग गरिएको छ । ज्ञापनपत्र वुझाएर जलेश्वरको दुर्गा चौकमा आयोजना गरिएको विरोधसभामा सम्वोधन गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानका केन्द्रिय संयोजक सुनिल कुमार यादवले भ्रष्ट कर्मचारीहरुको मिलोमतोमा सुकुम्वासीको नाउमा बाडिएको जग्गा गैर सुकुम्वासीलाई लालपुर्जा बाडिएको बताउदै जग्गा पाउनुपर्ने असली सुकुम्वासी अहिले पनि जग्गा विहिननै रहेकोले छानवीन गरि मुमाफियाहरुले कव्जा गरेको जग्गा वदर गर्नुपर्ने वताए । उनले गैर सुकुम्वासीले अनाधीकृतरुपमा प्रयोग गर्दै आएको वनको जग्गा फिर्ता लिएर असली सुकुम्वासीले प्रदान नगरिए आन्दोलनको बाढि ल्याएने चेतावनी दिए ।

यता विरोधसभामा बोल्दै अभियानका केन्द्रिय सल्लाहकार तथा समाजीक अभियन्ता सरोज रायले मालपोत कार्यालयको प्रत्यक्ष संलग्नतामा पैसाको लोभमा भुमाफियालाई जग्गा वितरण गरिएको स्पष्टरुपमा देखिएकोले छानवीन गरि असली सुकुम्वासीलाई जग्गा प्रदान नगरिए अब हुने आन्दोलनमा मालपोतका कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालेर कालोमोसो दली जल्लेश्वर नगर घुमाउने चेतावनी दिएका थिए ।

कार्यक्रममा सुकुम्वासी ले सुकुम्वासीको नाउमा बाडिएको जग्गा धनीमनीलाई नै बाडेर हामी सुकुम्वासीहरु अहिले पनि घरबार विहिननै रहेकोले राज्यको दोधारे निती सुधार गर्न माग गरे । उनले भने,राज्यले छानवीन गरोस,सत्य तथ्य आफै बाहिरिन्छ । हाम्रो माग पुरा नगरे जिल्ला प्रशासन कार्यालय महोत्तरी,मालपोत कार्यालय महोत्तरीलाई निरन्तर घेराउ गर्ने वताए ।

चुरे तथा वनजंगल संरक्षण अभियानकी महोत्तरी संयोजक सविता यादवले फितलो कानुनका कारणले समस्याग्रस्तले न्याय नपाउने गरेको वताइन । राज्यको यस्तै वइमान नितीका कारण विभेद अहिले पनि कायम रहेको वताउदै धनी अझै धनी र गरिव अझै गरिव हुदै आएको र यसप्रति राज्यलाई इमान्दार वनेर सुकुम्वासीहरुसंग न्याय गर्नुपर्ने माग गरिन ।

अभियानले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा वुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसार भुमी समस्या समाधान गर्ने नाउमा जिल्लाको ऐलानी पर्तिहरुको साथै बन तथा चुरे वनको हजारौ हेक्टर जग्गा सुकुम्वासीहरुलाई वितरण गरियो तर आज पनि सुकुम्वासीको समस्या जस्ताको त्यस्तै रहेको छ । समस्या सामाधान नहुने प्रमुख कारणको रुपमा सुकुम्वासीको नाउमा गैर सुकुम्वासीहरुलाई जग्गाको लालपुर्जा वितरण गरियो ।वि.स. २०५४ सालमा सुकुम्वसाी आयोग महोत्तरीद्धारा वितरण गरिएको देखिएको छ ।जग्गाको लालपुर्जा गैर सुकुम्वासीलाई वढि वितरण गरिएको देखिएको हुनाले २०५४ देखि हालसम्म सुकुम्वासी आयोग महोत्तरीले वितरण गरेको जग्गाको लालपुर्जा छानवीन गरि गैर सुकुम्वासीको नाउमा रहेका जग्गाको लालपुर्जा बदर गरि दोषी देखिएकालाई कानुनी कारवाही गरियोस भनेर ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

कार्यक्रममा महोत्तरीका सयौ पिडीत सुकुम्वासीहरुको सहभागीता रहेको थियो । ज्ञापनपत्र वुझाउदै विरोध जुलुस नगर परिक्रमा गर्दै जलेश्वर स्थित मालपोत कार्यालय घेराउ गरेका थिए । कायक्रमको संयोजन अभियानका धनुषा संयोजक अमन यादवले गरेका थिए ।

Comment


Related News