२०७८ आश्विन १६, शनिबार १८:१०

महात्मा गान्धिको विचार र सेवा अझपनि सार्थक रहेको धारणा एक कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन् ।

भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको महात्मागान्धीको १५२ औँ जन्मजयन्तीको अवसरमा “वर्तमान कारोनाको महामारी समयमा गांधीवादी विचार को प्रासंगीकता” बिषयक कार्याक्रमका बत्ताहरुले यस्तो धारणा व्यक्त गरेका थिए ।महावाणिज्य दुतावासका आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले मानव जातीका लागी गांधीवादीे ‘सेवा र स्वच्छता’को अवधारणा सधै प्रासगीक रहेको कुरामा जोड दिएका थिए ।महात्मा गांधीले भारतको स्वतन्त्रमामा प्रयोग गरेको अहिसांत्मक आन्दोलन विश्वमाझ अनौठो प्रकारको आन्दोलन रहेको बताउदै उनेले प्रतिपादित गरेको सत्य र अहिंसाको बाटो मानवजातीको लागी समाजलाई अग्रगमनमा हिडाउन उदाहरणीय हुने बताएका थिए ।

भारतीय महावाणिज्य दुतावासकाका महावाणिज्य दुत नितेश कुमारको अध्यक्षतामा आयोजित कार्याक्रममा वरिष्ट पत्रकार एवम स्तम्भकार चन्द्र किशोर , भरत प्रसाद गप्ता, सिमा जागरण मंच बिहारकाका अध्यक्ष महेश अग्रवाल, ठाकुर रामबहुमुखि क्यापसका प्रध्यापक देवेन्द्र मिश्र, लगायतका वक्ताहरुले विश्वमाझ महात्मा गान्धीले व्यक्त गरेका धारणको अवचित्य बारेमा आफ्ना धारणाहरु राखेका थिए । महावाणिज्य दुतावासका सुचना एवम सास्कृतिक कन्सुलर शषिभूषण कुमारले संचालन गर्नुभएको उक्त कार्यक्रममा राजनैति कन्सुलर शैलेन्द्र कुमारले धन्यवाद ज्ञापन गनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News