अपडेट 
२०७८ आश्विन १७, आईतवार ०७:२०

जनकपुरधाम ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गत हप्ता गरेको छापामारीको बिरोधमा प्रदेश सरकार एकजुट देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहभागि छ । अख्तियारले छापामारी गर्नु बिधि प्रकृया विपरित रहेको गठबन्धन सरकारका मन्त्रीहरुले बताएका छन् । मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तरगत कक्षा ८ मा अध्ययनरत्त सामुदायिक विद्यालयका छात्राहरुलाई साईकल बितरणका लागि गत आर्थिक वर्षमा खरिद भएको साईकलमा अनियतिता भएको भन्दै अख्तियारले छानविनका लागि छापामारी गरेको हो । प्रादेशिक कार्यालय बर्दिबासबाट खटेको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापामारी साईकल खरिद सम्बन्धी फाइल अनुसन्धानका लागि लगेको छ । अख्तियारले आर्थिक अनियमितताको छानबिन गर्नु आपत्तिजनक नभएपनि त्यसको पकृया उपयुक्त नभएको नेकाँ संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रि रामसरोज यादवले बताए । अख्तियारले अनियमितता छानविनका लागि पत्राचारगरि फाइल माग्न सक्थ्यो’ उनले भने, तर प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा छापा मार्नु गंभीर विषय हो ।बिधि र कानुन प्रकृया भन्दा बाहिर गएर अख्तियारले बदनाम गर्न नपाउने मन्त्रि यादवले बताए । सुशासनका लागि प्रदेश सरकार गंभीर रहेको उल्लेखगर्दै उनले भने, सातवटा प्रदेश मध्ये प्रदेश २ मा मात्र जनलोकपाल आयोग गठन भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नै कार्यालयमा भ्रष्टाचार छानबिनका लागि मख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकतत्वमा तीन सदस्यीय समिति बनाएका छन् । दुई महिना हुन लाग्दा हाल सम्म त्यो समितिले छानबिनबारे कुनै जानकारी सार्वजनिक गरेको छैन् । अख्तियारले छानबिनमा चासो देखाउनु स्वागत योग्य भएको नेकपा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहेका भरत साहले पकृया आपत्तीजनक रहेको बताए । कृषी, भौतिक पूर्वाधार मन्त्रालयमा आर्थिक अनियमितताको छानविनका लागि विगतमा अख्तियारले पत्राचारगरि फाइल झिकाएको हो’ उनले भने, तर मख्यमन्त्री कार्यालयमा भएको छापामारी बदनामी गराएर प्रचार पाउने नियतवश भएको देखिन्छ । मुख्यमन्त्रीको पार्टी जसपाले गरिरहेको बिरोध प्रदर्शनकोपनि उनले भने बिरोध जनाए ।

Comment


Related News

Latest News

Trending News