अपडेट 
२०७८ आश्विन १७, आईतवार ०७:२७

दलित र अशक्त मानिसप्रति निरन्तर पूरा–पूरा ध्यान दिनु गान्धीमा रहेको करुणाभावको स्पष्ट उदाहरण हो । उनले दलित र अशक्त मानिसहरूसँग सजिलै सम्बन्ध बनाए । उनीहरूकाप्रति संधै सहानुभूतिको भावना राखे, उनीहरूकै जस्तो भेष– भूषामा प्रस्तुत भए । सन् १९१७ पछि त उनीहरूकै जस्तो छाप्रोमा बस्न थाले । उनको बाल्यकाल र युवावस्था अपेक्षाकृत विलाशपूर्ण थियो । उनले बेलायतबाट कानूनमा उपाधि प्राप्त गरेका थिए । उनले दृढतापूर्वक भनेका थिए , “म भारतका लागि काम गर्नेछु । गरिब र धनी सवै मानिसहरूले यो अनुभव गर्नुपर्छ । भारत उनीहरूको आफ्नै देश हो । यसको निर्माणमा उसको विचार प्रभावपूर्ण हुन्छ ।” दाण्डी मार्चभन्दा पहिले लार्ड इर्विनलाई सम्बोधनगर्दै लेखेको आफ्नो लामो चिठ्ठीमा उनले भनेका थिए, “म किन ब्रिटिश राजलाई अभिशापको रूपमा लिन्छु आफ्ना भाषण र लेखहरूमा गान्धीले अनेक पटक करोडौं मूक दलितहरूको उल्लेख गरेका छन् । उनले खद्दरलाई महत्व दिनुको मुख्य कारण गरिबहरूलाई फाइदा पु¥याउनु थियो । उनको भनाई थियो “खद्दर वस्त्रको अर्थ हो गरिबहरूलाई रोजगारी र भारतको स्वतन्त्रता । अंग्रेजहरूले लंकशायरको बजार गुलजार बनाउन भारतलाई जकडेर राखेका हुन ।” गान्धीजीको करुणाभावको पुष्टि उनले भारतका नेताहरूलाई दिएको ‘ताबीज’ बाट पनि पुष्टि हुन्छ : “शंका लागेमा अथवा अहंकार धेरै बढेमा अत्यन्त गरीब र कमजोर मानिसको अनुहार सम्झ र आफैँसँग प्रश्न गर – जुन कदम तिमी उठाउने विचार गर्दैछौ त्यो कदम त्यो गरीब व्यक्तिका लागि उपयोगी होला या नहोला ?

के त्यसले उसलाई कुनै फाइदा होला ? के त्यसले गर्दा ऊ फेरि आफ्नो जीवन र आफ्नो भाग्यलाई आफनै नियन्त्रणमा राख्न सक्ने अवस्थामा फर्किएला ? के तिम्रो कामले करोडौं करोड भोका र आध्यात्मिक रूपले समेत ठगिएका मानिसहरूका लागि स्वराज्य प्राप्त हुन सक्ला ?” उनको करुणाभावको सबैभन्दा उत्तम र ज्वलन्त प्रमाण हो, अगस्त सन् १९४७ मा नोआखालीको पैदल यात्रा । गान्धीले यो पैदल यात्रा नांगो खुट्टाले तय गरेका थिए । उनकी भतीजी मनुले यसको विरोध गर्दा उनले जवाफ दिएका थिए, “हामी आफ्ना मन्दिर, मस्जिद र गिरिजा घरहरूमा जुत्ता लगाएर प्रवेश गर्दैनौं । अहिले हामी त्यो धर्तीमा हिंडिरहेका छौं जहाँ मानिसहरूले आफ्ना प्रियजनहरू गुमाएका छन् । म कसरी त्यो ठाउँमा चप्पल लगाएर जानसक्छु ?” गान्धीको समर्पण भावको प्रमाण, विशेष रूपमा भारतको एकता र अखण्डताका प्रति उनको समर्पित आग्रह, सितम्बर १९४४ मा जिन्नासँग चौध पटक भएका वार्ता हुन् । वार्ताका बेला जिन्नालाई प्रधानमन्त्री पद दिने प्रस्ताव राखियो जसलाई उनले अस्वीकार गरिदिए । गान्धीको व्यक्तित्वको राष्ट्रिय– अन्तर्राष्ट्रिय महत्व जिन्नाको भन्दा धेरै थियो । तर पनि उनी यी चौधपटकका वार्तालापहरूका लागि जिन्नाको बम्बईस्थित निवास, १० माउण्ट प्लेजेन्ट रोडमा जान अलिकति पनि हिचकिचाएनन् । जनवरी १९४८ मा गान्धीजीको हत्या हुँदा, उनीसँग शरीर लपेट्नका लागि दुई जोर सुती धोती, एउटा हाते घडी, उनको चश्मा, तीनवटा धार्मिक पुस्तकहरू, दुईवटा काठका खाने भाँडा र चम्चा, दुईवटा खराउ र एउटा छडी मात्र थिए । आत्मत्यागको यस्तो समर्पण भाव अद्भुत मात्र होइन । यस्तो उदाहरण कतै देखिएको छैन । मार्च १९१९ मा शुरु गरिएको सविनय अवज्ञा आन्दोलनमा हिंसाका घटनाहरू हुन थालेपछि गान्धीले तुरुन्त आन्दोलन बन्द गरिदिए । यो उनको दृढ निश्चयी स्वभावको उदाहरण हो । आन्दोलन समाप्त गर्दै उनले भनेका थिए, “मैले मानिसहरूसत्याग्रहका लागि तयार भएनभएको बुझ्नुभन्दा पहिले नै उनीहरूसँग सविनय अवज्ञाका लागि आग्रह गरेको रहेछु ।

यो मेरो भयंकर भूल थियो । मेरो यो भूल हिमालय पर्वतभन्दा पनि ठूलो थियो ।” यसमाथि टिप्पणी गर्दै विन्सेन्ट शीनले लेखे, “भारतका जनताका लागि गान्धीको जीवनको कुनै पनि काम यति आश्चर्यचकित पार्ने खालको थिएन जति कि त्यो समयमा सत्याग्रह बन्द गरिदिने काम थियो । सम्पूर्ण भारतवासीहरू– हिन्दू र मुसलमान –दुवैलाई यो कुरा बुझ्न धेरै समय लाग्यो ।कृशकाय शरीरभएको यो व्यक्ति जे भन्छ त्यही गर्छ । उसको निश्चय फलाम जस्तै दह्रो हुन्छ । उसलाई सिद्धान्तहरूका विरुद्ध कुनै पनि कामगर्नउक्साउन सकिंदैन ।” सन् १९३२ को त्यो ऐतिहासिक घटनाबाट पनि उनी दृढप्रतिज्ञ व्यक्ति भएको स्थापित हुन्छ जब अंग्रेज शासनले अछुतहरूका लागि छुट्टै मतदानको व्यवस्था गर्यो । त्यसका विरुद्ध उनले आमरण अनशन गर्ने निश्चय गरिसकेका थिए । उनले अंग्रेज सरकारको कदमलाई घृणित षड्यन्त्रको रूपमा बुझेका थिए । हिन्दूहरूको मन मस्तिष्कमा छुवाछूतको भावना व्यापक रुपले घुसाएर फुटाउने उद्देश्य राखेको थियो सरकारले । उनले आफ्नो अनशन त्यसबेला मात्र तोडे जब अछुतहरूका नेता डा. बी. आर. अम्बेडकर गान्धीको अछुतहरूसँग समान व्यवहार गर्नुपर्ने मागसँग सहमत भए । उनले आश्वासन दिए, उनका कुनै पनि मानिसले अछुतहरूका लागि निर्धारित छुट्टै मतदान केन्द्रको प्रयोग गर्ने छैनन् । २५ सितम्बर १९३२ को पूना सम्झौतामा यी आश्वासनहरूलाई समावेश गरियो । यो गान्धीको दोहोरो जीत थियो । अछुतहरूका लागि छुट्टै मतदान केन्द्रको वदलामा आरक्षित स्थानको संख्या बृद्धि भयो । अंग्रेज साम्राज्यद्वारा अम्बेडकरलाई ७१ को ठाउँमा १४९ आरक्षित स्थानदिने प्रस्ताव गरियो । यो सम्झौताका बारेमा राजमोहन गान्धी लेख्छन्– “जेलका फलामे ढोकाभित्र रहेको एउटा बन्दीले देशको रुढिवादी परम्परालाई हल्लाई दियो ।

उसको इच्छा स्वीकारगर्न एउटा साम्राज्य वाध्य भयो । सारा संसार चकित भयो । बोस्टन ग्लोबमा एक लेखकले लेखे, “गान्धीजीले त्यो ऋण तिर्न लगाएका छन् जसलाई एउटा मानवीय विवेकको अर्को मानवीय विवेक माथिको ऋण हो ।” गान्धीको करुणा, समर्पणभाव र दृढ निश्चयी भावनाको साकार रूप १५ अगस्ट १९४७ को दिन छर्लंग देखियो। त्यो दिन उनी स्वतन्त्रता दिवस समारोह मनाउन दिल्ली नबसेर साम्प्रदायिक दंगा रोक्न कलकत्ता गए । “मेरो अन्तरात्माको आवाजले मलाई सारा संसारसँग लडिराख्न अह्राएको छ । चाहे म एक्लै परुँ । संकटका यस्ता क्षणहरूमा उनी आफ्नो प्रिय गीत गुनगुनाउँथे–रवीन्द्रनाथ टैगोरको ‘एकला चलो रे’ :

आह्वान तेरो सुन्दैन भने पनि कोही तँ एकलै लम्कदै जा यदि भयभित छ, पीठ फर्कन्छ भने पनि कोही फेरि पनि ए ! अभागी खुला मनले आफ्नो आवाजलाई उचाई दे ।

जेम्स के म्याथ्युज गान्धीको संकल्पशक्तिको प्रशंसा गर्दै भन्छन्, “उनको सफलताको धेरै श्रेय उद्देश्य प्रति उनको दृढतालाई दिनु पर्दछ । उनी पटक – पटक आफनो उद्देश्यलाई दोहो¥याउँथे ।यसले उनका सहयोगीहरू सामु त्यो उद्देश्य सधैँभरी स्पष्ट हुन्थ्यो ।” (स्रोत : पी. नजरथ ।)

Comment


Related News

Latest News

Trending News