२०७८ आश्विन १७, आईतवार ०७:३०

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले अख्तियार विरुद्ध प्रदेशका ८ वटै जिल्लामा मशाल जुलुस प्रदर्शन गरेको छ ।

गएको बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रादेशिक कार्यालयले छापा मारेको ‘शैली’ विरुद्ध जसपा नेपाल मोर्चा खोलेको हो । प्रदेशका प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाको सदरमुकामसहित विभिन्न स्थानहरुमा शनिवार साँझ मशाल जुलुस प्रदर्शन गरेको हो । जसपा धनुषाले पनि शनिबार जनकपुरधाममा मशाल जुलुश प्रदर्शन गरेको हो । अख्तियारले अपनाएको शैलीको विरोध गर्दै जसपा धनुषाका नेता कार्यकर्ताहरुले जनकपुरमा मशाल जुलुश प्रदर्शन गरेको हो । समाजवादी युवा संघ धनुषाको अगुवाईमा रेल्वेस्टेशन चौकबाट सुरु भएको मशाल जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चौक पुगेको थियो । मशाल जुलुशमा जसपाका मधेश प्रदेश समिति सदस्य शेषनारायण यादव, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, सचिव घनश्याम यादव, युवा अध्यक्ष दिपेन्द्र कापर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनक चौकमा भएको कोणसभामा मुख्यमन्त्री कार्यालयमा छापामार शैलीमा गरेको छापा प्रति विरोध जनाउदै जसपाका नेताहरुले अख्तियारलाई सुध्रिनका लागि चेतावनी दिए । सप्तरीको राजविराज, सिरहाको सिरहा, सर्लाहीको मलंगवा , महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया तथा पर्साको विरगंजमा शनिबार साँझ मशाल जुलुश प्रदर्शन गरेको छ । त्यस्तै राजविराजस्थित शिव मन्दिर अगाडिबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

छापामारी पश्चात आक्रोशित बनेका जसपाले शनिबार मशाल जुलुश प्रदर्शन तथा आईतबार विरोध प्रदर्शन गर्ने जनाएको छ । जसपाले प्रेस विज्ञप्ति जारी गरि अख्तियारको अनुसन्धान स्वागत योग्य रहेपनि छापामार शैली कदापी स्विकार गर्न नसकिने भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको जनाएको छ । जसपा नेता तथा भुमि व्यवस्था कृषि तथा राज्यमन्त्री योगेन्द्र यादवले प्रदेश सरकार सर्वोच्च कार्यकारी निकाय मुख्यमन्त्री कार्यालयमा बिना जानकारी र समन्वय बिना अख्तियार छापामार शैलिमा छापा मारेको त्यसको विरोध गरेको बताए । आर्थिक सुशासन, भ्रष्टाचार निवारणको लागि प्रदेश सरकारले आफ्ै प्रदेश जनलोक पाल गठन गरेको अवस्थामा अख्तियारले ती निकायहरुलाई जानकारी नगराई छापा मारेको प्रति राज्यमन्त्री यादवले आक्रोस व्यक्त गरे । यस अघि १२ असोजमा अख्तियारले छापामारी गरेकै दिन मुख्यमन्त्री लालबाबु राउतले अख्तियारको शैलि प्रति आपति जनाएको थियो । यसैबीच, जसपाले आइतवार अख्तियारको विरोधमा वृहत विरोध रयाली प्रदर्शन गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News