अपडेट 
२०७८ आश्विन १७, आईतवार ०७:३९

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का सुरेश कामतकी १२ वर्षीया छोरी ममता कामतले विष सेवन गरी आत्महत्या गरेको घटनाले नयाँ मोड लिएको छ ।

गत भदौं २३ मा ट्यूसन पढेर फर्किने क्रममा तीनजना केटाले जिस्काएको र जिस्काउने ती केटाहरुलाई प्रहरीले कारबाही नगरी उल्टै बयानका लागि बोलाउन खोज्दा विष सेवन गरेकी उनको आफ्न्तले दावी गरेको थियो । जिस्काउने क्रममा केटाहरुले कागजमा लेखेर ममतालाई जर्वजस्ती मोवाइल नम्बर दिएको उनका बुवा सुरेशले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । तर विष सेवन गरेर आत्महत्या गरेकी ममता र आरोपी संजय दासबीच विगत ६ महिनादेखि फोन सम्पर्क रहेको रहस्य बाहिरिएको छ । आरोपीका आफ्न्तले जनकपुरमा शनिवार पत्रकार सम्मेलन गरी ममता र संजयबीच फोनमा भएको कुराकानीको अडियो समेत सार्वजनिक गरेको छ । उनीहरुबीच भएको कुराकानीको अडियो सुन्दा कलिलै उमेरमा ममताले संजयसँग प्रेममा परेको थिइन् भन्ने स्पष्ट हुन्छ । ममताका आफ्न्तले भने अनुसार संजय र उनीसँग अन्य दुई केटा रहेका बेला बाटो छेकेर ममतालाई जर्वजस्ती नम्बर दिएका थिए । उक्त नम्बर लेखिएको कागज ममताले मामा नातामा पर्ने बलिरामलाई दिए । बलिरामले उक्त नम्बरमा फोन गरेपछि संजयले रिसिभ गरे र फोनमा विवाद चर्कियो । त्यसपछि संजय घरमै आएर बलिरामलाई कुटपिट गरे । तर संजय र ममताबीचको अडियो सम्बाद सुन्दा कागजमा लेखेर जर्वजस्ती नम्बर दिएको र कुरा नगरेको बेइज्जत गरिदिने दावी समेत गलत साबित भएको छ ।

आरोपीका आफ्न्तले बताए अनुसार ममता र संजयबीच कुरा भइरहेको थियो, त्यतिबेला उनका मामाले थाहा पाए । त्यसपछि उनका मामाले फोन गर्दा संजयसँग विवाद भयो । स्थानीय कौशिलादेवी दास भन्छिन्, ‘संजय र ममता आपसमा लभ गर्थिन् । उनी संजय बाटो छेकेर किन जिस्काउँछन् ? जिस्काएको आरोप निराधार हो । उनका अनुसार ममतालाई घरमै आफ्न्तले कुटपिट गरेको र त्यहीकारण उनी विष खाएर आत्महत्या गरिन् । यो विषयमा प्रहरीले छानविन गरोस् । ममताको गत बुधवार मृत्यू भएपछि आरोपीमध्येका भिलबा दासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । घटनामा संलग्न भनिएका संजय र कलेश्वर फरार छन् । संजयका काका भोगी दास भन्छन्, ‘ पञ्चातमा बोलाएर वडाध्यक्षले कुटपिट गर्न लगाए । अनी उल्टै अहिले फसाउन खोजिएको छ । घटनाको सुक्ष्म रुपमा छानविन गर्न प्रहरीसँग मेरो अनुरोध छ ।’ प्रहरीले निष्पक्ष तरिकाले अनुसन्धान गर्दा आरोपीहरु निर्दोष सावित हुने दलितका अगुवा रामउदगार दासको दावी छ ।

Comment


Related News

Latest News

Trending News