अपडेट 
२०७८ आश्विन १८, सोमबार ०७:२४

दशै तिहारको मुखमा आएर चिनीया क्षेत्रमा एक हजार भन्दा पनि बढी कन्टेनरहरु चीनद्धारा आफ् नो भुभागमा रोकी राखिनुले नेपाली व्यावसायीहरु निकै मर्कामा परेका छन् । तातोपानी नाकाबाट दैनिक ६ देखि १० र ४ देखि ९ कन्टेनर भन्दा बढीलाई नेपाल प्रवेश गर्नमा चीनले रोक लगाएका कारण नेपाली व्यवसायीहरु गम्भीर आर्थिक एवं व्यापारिक संकट भोग्नु पर्ने अवस्था उत्पन्न भएको छ । नेपाली व्यवसायीहरुको हक हितका लागि खोलिएका संघ, संस्थाहरु र उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो र सच्चा मित्र ठान्ने कथित राष्ट्रवादीहरुले अहिले सम्म नेपाली व्यापारीहरुको पीडामा दुःख ब्यक्त नगर्नु र चिनीया सरकारको यस नीतिको निन्दा नगर्नु दुःखद हो । चीनको चिन्ताबाट ग्रसित नेपालका कथित राष्ट्रवादीहरुले नेपाल र नेपालीको वारेमा चिन्ता गर्नु राष्ट्रहितमा हुनेछ । वि.सं. २०७२ सालमा आएको महाविनाशकारी भूकम्पका कारण तातोपानीनाकामा पनि क्षतिपुगेको थियो तर चीन जस्तो विश्वका प्रमुख आर्थिक शक्तिको निम्ति तातोपानी नाका र तातोपानी सडकको निर्माण कुनै खास ठूलो कुरा थिएन तर जानी जानीकन चीनले तातोपानी नाका र सडकको मरमत एंव निर्माण गरेन । विगत ६ वर्ष देखि तातोपानी नाकाको सुचार सन्चालन हुन सकेको छैन ।

भूकम्प अघि तातोपानी नाकाको व्यापारमा आकर्षक आम्दानी थियो । तर तातोपानी नाका राम्ररी संचालन हुन नसकिरहेका कारण नेपाल ट्रक कन्टेनर संघ र मिनिट्रक संघमा आवद्ध १५ सय कन्टेनरले विगत ६ वर्ष देखि काम पाउन सकेको छैन । तातोपानी र केरुङनाका दुवै चालु रहे पनि दैनिक १० कन्टेनर भन्दा पनि कम कन्टेनर चीनबाट नेपाल भित्रिरहेको छ । चीनले धेरै दिन सम्म आफ् नो भूभागमा कन्टेनर रोकिदिदाँ नेपाली व्यपारीहरुले ठूलो आर्थिक नोक्सानी उठाउनु परिरहेको छ । नेपाको संविधान २०७२ को निर्माण भइरहदा मधेसी राजनितीदलले त्यस्को विरोध गर्दै आन्दोलनमा वसेका कारण दक्षिणीसीमानाका ४ महिनासम्म अवरुद्ध हुदा नेपालका बामपन्थी हरुले तथानाम भारतलाई सरापेका थिए तर विगत छ वर्ष देखि तातोपानी नाकामा पनि एक किसिमले अघोषित नाकाबन्दी नै हुदा पनि त्यसको विरोध किन भएन ? २०७६ जेठ १५ गते संयुक्तरुपमा तामाझामका साथ तातोपानी नाका खुल्ला गरिएको घोषण गरिएको थियो । तर त्यसको कार्यन्वयन सही ढंगले भएन । नेपाल र चीन बीच सन् २०१६ मार्च २१ मा पारवहन अधिकार उपयोग गर्दै चीनतर्फको आयात–निर्यात बढने अपेक्षा गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा रहदा सन् २०१९ मा पारवाहन सम्बन्धि प्रोटोकलमा हस्तक्षर भएको थियो, त्यस अनुसार चीनले चार खुल्ला सामुद्रिक बन्दरगाह र तीन खुल्ला सुख्खा बन्दरगाह नेपाललाई प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो । कागजमा सम्झौता भए पनि व्यवहारमा चीनवाट नेपालले व्यपार सुविधा पाउन सकेको छैन ।

नेपाललाई भूजडित मुलुक बनाउने भनेर चीनले गरेको घोषण पहिले खुल्ला गरेको घोषण पनि ठप्प पारिदा कागजमै सिमित छ । नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओली प्रधानममनत्रीको रुपमा चीनको भ्रमणमा जादा अनेकौ सहमति गरे तर त्यसको नतिजा देखिएन । जसरी उत्तरी छिमेकी चीनले विगत ६ वर्ष देखि विभिन्न बहानामा उत्तरतिरको सीमानाकालाई बन्द गरेको छ त्यसरी नै भारतले पनि बन्द गरिदिएको भए हाम्रो अवस्था कस्तो हुने थियो ? कोभिड–१९ को बहानामा चीनले सीमानाका बन्द गरेको भएको भए पनि त्यसको खासै असर हाम्रो जनजिवनमा परेन । भनिन्छ संकटको बेलामा नै सच्चा मित्रको पहिचान हुन्छ तर हामी नेपालीहरु आजसम्म जसलाई संकटको मित्र मान्दै आएका थियौ त्यसले नै संकटको बेलामा आफ्नो देशको भुभागमा नेपालीहरुको प्रवेशमाथि नै रोक लगाएको देखियो र सीमानाका पनि बन्द गरिदियो । कोभिड–१९ को महामारी उत्कर्षमा रहेको वेला पनि भारतले भन्ने खाद्यान्न, औषधि र स्वास्थ्यजन्य सामग्री, तरकारी, फलफूल र अन्य आवश्यक सामग्रीको आपूर्तिमा कहिल्यै रोक लगाएन । केवल आफ्नो मुनाफा मात्र हेर्न व्यक्ति अथवा देश सच्चा मित्रकसरी हुन सक्छ? भुकम्प, कोरोना माहामारी, लकडाउन लगायतको बहानामा चीन आफ्नो नाकाहरु खेल्न अनिच्छुक रहदै आएको छ । तातोपानी नाकालाई नखोलिएको भन्दै त स्थानियहरुले गत वर्ष आनदोलन पनि गरेका थिए। सिमानाकामा लामो समय सम्म सामान रोकिदा दिक्कलागेर नेपाली व्यवसायीहरुले कनटेनरको सामान नै फाल्नुपर्ने अवस्था उत्पन्न भएको छ । ठूलो मित्र राष्ट्रको नाताले चीनले नेपाल प्रति सदाशमता, उदारमना र सहयोगको भावना देखाउनु पर्नेमा यि नाकालाई कसरी शिलबन्दी गर्न सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित गरेको देखिन्छ ।

यसवाट नेपाल सरकारलाई राजश्वको मात्रै घाटा भइरहेको छैन , अपितु सीमा क्षेत्रमा रोजगारी, व्यापार र आयात निर्यातमा समेत प्रतिकूल प्रभाव पेरको छ । ओली सरकारले चीनसंग भएको पारवहन सम्झौतालाई ठूलो उपलव्धि बताएको थियो । जवकि वर्षौ देखि सन्चालनमारहेको तातोपानी नाका पनि ओली प्रधानमन्त्री भएका समय देखि नै अवरुद्ध रहेको देखियो । नेपाललाई भूजडित मुलुक बनाउने भनेर चीनले घोषण गरेको भएपनि व्यवहारमा त पूरानो नाकालाई पनि बन्द गरि राखेको अवस्था छ । कोभिड–१९ सुरु हुदै गर्दा २०७६ साल माघ देखि चीनले केही समय केरुड्ड नाका समेत ठाप पारिदिएको थियो । तातोपानी नाका त भूकम्प पछि नै राम्ररी चालू हुन सकेको छैन । तातोपानी र केरुड्डनाकाबाट सामान आयात गर्दा १५ दिनभित्र नेपाल आईपुग्ने सामान समुद्रीमार्ग हुदै २ महिना भन्दा पनि बढी समय लाग्ने गर्दछ । अहिले चिनबाट नेपाल भित्रिने ९५% बढी समान समुद्री मार्ग हुदै भारतको बाटो नेपाल आउने गरेको छ । ढुवानी भाडा बढी लाग्ने भएपछि सामान पनि महंङगो हुने स्वभाविक नै भयो । दुवै नाका चालुरहेको भने पनि दैनिक १० कन्टेनर भन्दा बढी सामान नेपाल प्रवेश गर्न नपाएपछि नेपाली व्यापारीहरुको ढाड नै भाचिएको छ । कोरोना महामारी शुरु भएपछि चीनले नेपाली व्यापारीलाई चीन जानमा रोक लगाएको छ । चीनले आफ्नो देशमा उत्पादित खोप लगाएमा मात्रै जान दिने भनेर विज्ञप्ती नै जारी गरेको थियो । कहिलेकाही अडर भन्दा फरक सामान पनि चीनवाट आउने गर्दछ तर नेपाली व्यवसायीहरु यस कारण विरोध गर्दैनन कि कतै उसले प्रतिवन्ध नै त लगाइदिने होइन? चीनसितको दुई पक्षीय व्यापारमा नेपालले ठूलो आयतनको व्यापारको घाटा भोग्दै आउको छ । कोभिड–१९ को संकटपछि नेपाल तर्फ वाट नगण्य निर्यात नै भएको छ । एउटा छिमककिो विरोध गर्दा गर्दै हामी अर्को छिमेकीको गुलाम नै बन्न गएका त हौइनौ कि जसतोमहशुस हुन थालेको छ ।

विश्वका दुई ठूला महाशक्ति राष्ट्रहरु बिच अवस्थित नेपाले सन्तुलन तथा मित्रवत सम्वनध कायम राखी परराष्ट्र नीतिको सन्चालन गर्नु पर्ने हो तर पंचायती शासनको ३० वर्षमा र त्यसपछि देशका बामपन्थीहरुले चीनलाई गुणदोष दुवै भएको छिमेकी भन्न ठान्नुको सट्टा तख्तामा राखेर अति सम्मान गरेका कारण नेपालका नागरिकहरुमै चीनलाई आवश्यक्ता भन्दा बढी ‘देवत्वकरण’ गर्ने काम भएको छ । नेपालमा आफुलाई मात्रै राष्ट्रवादी ठान्नेहरु चीनलाई मालिक र नेपाललाई दास जस्तो सम्बन्धमा परिणत गरिदिएका छन् । शायद त्यही भएर होला चीनिया नागरिक नेपालका सर्वसाधारण नागरिक देखि लिएर प्रहरी अधिकारी माथि समेत हातपात गर्नुलाई स्वभाविक ठान्दछन् । गत वर्ष नै सिंहदरबार कार्यालय नजिकै चीनिया नागरिहरुले यस्तो कुकृत्य गरेर देखाई दिएका छन् । उत्तरतिरको सम्बन्धमा हाम्रो स्वाभिमान र आत्मसम्मानमा घुडा टेक्ने काम भएको छ । नेपाली व्यवसायीहरुको पीडामा सवै पक्षको ध्यान जान आवश्यक छ । दशै–तिहारको मौकामा व्यापार मार्फत केही आर्जन गर्न खोज्ने नेपाली व्यपारीहरुलाई नाफा भन्दा घाटा बढी हुने निश्चित छ । सर्वसाधारण नेपाली जनता पनि दशै तिहारमा सस्तो मूल्यमा समान खरिद गरी दशै–तिहार मनाउने अपेक्षा गरेका हुन्छन तर उत्तरी छिमेकीलाई त केवल आफ्नो देश र आफ् नो देशको नागरिकको चिन्ता छ , नेपालसित के मतलव? सीमित रुपमा खुलेको तातोपानीनाकामा अहिले पनि स्वस्थ व्यावसायीक प्रतिसपर्धा छैन । यसमा चीनको एकाधिकार छ ।

नेपालतर्फ सवै जसो ढुवानी सिलका ट्रान्सपोर्टले गर्दै आएको छ । नेपाली व्यवसायीहरको पीडामा सवै पक्षको ध्यान जानु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News