२०७८ आश्विन १८, सोमबार १०:५२

एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

विज्ञप्ति जारी गरी उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिने सबै नेता प्रभु साहनिकट रहेका छन्। साह एमालेको मूल नेतृत्वसँग असन्तुष्ट छन् । विज्ञप्तिअनुसार एमाले प्रदेश २ कमिटीका सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, शिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फूलझरी देवी, योगेन्द्र साह, मोहम्मद सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहताले एकसाथ राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले केही दिनअघि पत्र लेखेर नेतृत्वसँग ८ बुँदे माग राखेका थिए। माग सम्बोधन नगरी नतृत्व स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै राजीनामा दिइएको उनीहरूले बताएका छन् । कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा–महाराजाको शैलीमा विधि प्रक्रिया, मापदण्ड तथा विगतमा गरेका सबै सहमति एवं सम्झौताविपरीत महाधिवेशनको मुखमा आफ्नो खल्तीका मान्छे र चाकडी गर्नेलाई कमिटीमा राखिएको आरोप राजीनामा दिएकाहरूले लगाएका छन् । आफूहरु तत्कालीन नेकपाकै निरन्तरतामा रहेको बताउँदै उनीहरूले एमालेको संरचनामा बस्न नसकिने बताएको छन्।

Comment


Related News

Latest News

Trending News