२०७८ आश्विन १९, मंगलवार ०७:१६

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संविधानलाई कठोर बताउँदै संशोधन गरी अघि बढ्नु पर्नेमा जोड् दिएका छन् ।

सप्तरीको राजविराजमा सोमबार लोसपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । संविधानमा अहिले पनि मधेशी, दलित, मुस्लिम, आदीवासी, जनजाती, सिमान्तकृत समुदाय लगायतका कतिपय समस्या यथावत रहेको भन्दै आफुहरुले तीनलाई सच्याएर अघि बढनु पर्ने आवश्यक रहेको उनले बताए । संविधानका कतिपय धारा समेत प्रष्ट नरहेको उनको भनाई छ । सरकारमा सहभागी आपूmहरुको प्राथमिकतामा नरहेको जिकिर गर्दै अध्यक्ष ठाकुरले आफुहरुको माग र मुद्दाको विषयमा वर्तमान प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गरी प्रतिक्षारत रहेको बताए । प्रदेश २ को मुख्य मन्त्री कार्यालयमा अख्तियारले गरेको छापामारीलाई लिएर भईरहेको विरोधबारे सोधिएको प्रश्नमा उनको कथन थियो “संवैधानिक आयोगको रुपमा रहेको अख्तियारको छापामारीको विषयमा हामीले अहिले नै बोल्नु जरुरी छैन । छानवीन पछि आउने निष्कर्ष पछि नै केही भन्नु उपयुक्त हुने उनको भनाई थियो ।” पत्रकार सम्मेलनमा बरिष्ठ नेता राजेन्द्र महतोले मधेशको माग पुरा गर्न निर्माण गरिएको बलियो परिवर्तनकारी शक्तिलाई उपेन्द्र यादवले यसलाई खण्डित गरीदिएको आरोप लगाए । उत्पीडनमा परेकाहरुलाई मुक्तीका लागी तत्कालीन राजपा र समाजवादी पार्टी रातारात एकीकरण गरिएको भएपनि उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदनै दिएर वैधानिकरुपमा पार्टी फुटाउने काम गरेको उनको आरोप थियो ।

मेधशी जनतामाथी गोली चलाउदै एकतर्फीरुपमा जारी गरिएको वर्तमान संविधानले संशोधन नभएसम्म राजनीति समस्याको समाधान दिन नसक्ने उनको दावी थियो । मुलुकमा काँग्रेस र कम्युनिष्ट जस्ता ठुला पार्टी कुर्सीकै लागी मरिहत्ते गर्ने तिर लागेका कारण मुलुकको अवस्था बिग्रिदै गएको नेता महतोले बताए । संविधानले एउटा प्रधानमन्त्रीको ब्यवस्था गरेको छ, त्यसलाई परिवर्तन गरेर तीन प्रधानमन्त्रीको ब्यवस्था गरे प्रचण्ड, ओली र देउवा गरी तीनै नेतालाई पदको भागवण्डा पुग्थ्यो होला नी ।” अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रम लोसपा नेता गजेन्द्र मण्डलले संचालन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News