जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गर्नेको लहर चलेको छ ।
धनुषाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि करिब ३ सय जना जसपामा प्रवेश गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतले नव प्रवेशीलाई गम्छा र माला लगाई पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउँदै मुख्यमन्त्री राउतले उत्पीडित वर्गको उत्थानका लागी जसपा प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राउतले संघीयताको जननी रहेको प्रदेश २ लाई बदनाम गराउने चलखेल भइरहेको दावी गरे । संघीयतालाई धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरिरहेको छ, उनले भने– यस्ता तत्वहरुलाई परास्त गर्न आम जनता सचेत हुनुपर्छ ।’ स्थानीय नेता फिरोज मंसुरको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य हरिनारायण यादव, अरुणसिंह मण्डल, दीपक कार्की, प्रदेश सभा सदस्य राम अशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, बौद्धिक पेशाकर्मीका उपाध्यक्ष जितेन्द्र यादव, युवा अध्यक्ष दिपेन्द्र कापडी, नगर अध्यक्ष रामनारायण कापडी लगायतको उपस्थिति रहेको थियो ।


