२०७८ आश्विन १९, मंगलवार ०७:२४

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को यूवा संगठनले सोमबार जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन गरेको छ ।

लोकतान्त्रिक यूवा संघका नेता प्रशासन झाको नेतृत्वमा चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् । रेल्वे स्टेशनबाट जसपाका यूवाहरुले निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै यूवा नेता झाले हस्तक्षेप बन्द गर्न चीनलाई चेतावनी दिए । उनले भने, ‘हुम्लाको १२ नम्बर पिलर र सगरमाथाको टुप्पोमा चीनको दावी गलत हो । यसरी गरिरहेको हस्तक्षेप बन्द नगरे कडा आन्दोलन गर्छौं ।’ यसअघि लोसपाको यूवा संगठनले काठमाडौंमा पनि चीनको हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News