अपडेट 
२०७८ आश्विन १९, मंगलवार १६:३९

३३ किलो सुनकाण्डमा भरिया रहेका सनम शाक्यको हत्यामा ६ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले हत्यामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।  जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ। ७७ जनालाई प्रतिवादी बनाइएको सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै हत्या आरोप लागेकासहित सबैले सुन प्रकरणमा भने सफाइ पाएका छन्।

२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो । त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरिएको भिडियो नै सार्वजनिक भएको थियो ।

Comment


Related News

Latest News

Trending News