२०७८ आश्विन २०, बुधबार ०७:०७
कलैया । प्रहरीले लागूऔषध गाँजासहित बाराबाट १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा न.२० स्थित बसडिल्वा गाउँमा बस्ने वर्ष ४७ को ईसराईल मिंया अंसारी रहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । आफ्नो घरमा ११ किलो अबैध लागूऔषध गाँजा लुकाई छिपाई राखि रहेको भनि विशेष सुराकी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले सोमबार राती घरमा छापामारी गरेको थियो । घरमा खानतलासी गर्दा उनले खाँटमुनि प्लाष्टिकको सेतो बाल्टीन र कालो ब्याग( झोला) भित्र रातो प्लाष्टीकमा लुकाई छिपाई राखेको अवस्थामा अबैधलागू औषध गाँजा फेला परेको प्रवतmा मिश्रले भने । पक्राउ परेका अंसारीलाई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


