अपडेट 
२०७८ आश्विन २०, बुधबार ०७:३२

माओवादी पार्टी धनुषामा कुनै प्रकारको आन्तरिक कलह, विवाद, ईष्र्या नरहेको बताउँदै नेता यादवले पार्टीलाई सुदृढ बनाउन सबैसँग तालमेल गरेर अघि बढनुपर्ने बताए । नेपाली राजनीतिको कम्युनिष्ट आन्दोलनमा उनको ठुलो भूमिका छ । तर, आज नेपालको कम्युनिष्ट आन्दोलन कुन दिशामा गईरहेको छ ? नेकपाबाट छुटेर साबिककै अवस्थामा फर्केको पार्टीको अघिल्लो घटनाक्रमसँगै वर्तमान राजनीतिक परिवेशमा केन्द्रित भएर नेता यादवसित टुडेकर्मी धु्रवकुमार झाले गरेको कुराकानीको संक्षिप्त अंश ।

अघिल्लो समय कम्युनिष्ट सिद्धान्तलाई त्यागेर सत्तामुखि देखिएका छन् । यहाँलाई के लागेको हो ?

–कम्युनिष्ट आन्दोलन अहिलेको परिस्थितिमा हेर्ने हो भने क्षयीकरणको अवस्थामा छ । त्यो कुरोलाई कम्युनिष्ट पार्टीका सबै नेताहरुले बुझेका पनि छन् । कम्युनिष्ट पार्टीका नेताहरुको चरित्रले गर्दा नेपाली जनतामा अहिले निराशा अवश्य छाएको छ , र यो यर्थात हो । तर के हो भने , व्यक्तिको प्रवृति र व्यवहारले गर्दा खेरी कहिले काँही यस्तो हुन जान्छ । आफैमा कम्युनिष्ट पार्टीको सिद्धान्त नराम्रो होइन् । केपी ओलीको हटका कारण एमालेको बर्हिगमन भएको हो । र त्यो कुरो नेपाली जनताले बुझेको छ । त्यसैले त नेपाली जनताले कम्युनिष्ट नेताहरुलाई दुई तिहाई मत दिएका छन् । नेपाली जनताको सर्वे गर्ने हो भने देशका ६५ प्रति जनता कम्युनिष्ट आन्दोलन प्रति आस्था राख्छन् प्रभावित भएर पार्टीलाई सहयोग गर्ने ईच्छा राख्छन् । र यो पछिल्लो निर्वाचनमा प्रष्ट देखिसकिएको छ ।

प्र. जनताले यहाँहरुलाई दुई तिहाई दिएकै हो । तर, टिक्न सकेन । यसलाई यहाँले कुन रुपमा लिनुभयो ?

– माओवादी र एमाले नेकपाले चुनावी एकता गरेर देशको सबैभन्दा ठुलो पार्टी भए । पछि दुवै पार्टी बीच एकीकरण भयो । एकीकरण पछि नेपाली जनताले जुन अपेक्षा गरेको थियो । नेकपाका नेताहरु सत्तामा रहँदा नेपाली जनताको आशा र विश्वास माथि चाँही कतै न कतै कुठाराघात गरेकै हुन् । निश्चित रुपमा यो सैद्धान्तिक हिसाबले होइन, सिद्धान्तको आधारले निश्चित नै होइन् । नेताको प्रवृतिले जुन विचलन आयो त्यो मुख्य कारण हो । र त्यो विचलनको कारणले गर्दा खेरी अहिले जुन फेरी कम्युनिष्ट आन्दोलन क्षयीकरण तर्फ गएको छ त्यो नेताहरुको कमजोरीले नै भएको हो ।

प्र. टुटफु्ट भएपछि कोही प्रचण्ड संग त कोही ओलीसंग जाने होला नै चलेको बेला यहाँको कुनै पनि अभिव्यक्ति नआउनुको रहस्य के हो ? यहाँको योजना चाँही कुन नेतृत्व संग जाने रैछ ?

– मेरो तपाईको कुरो संग कहाँनेर असहमती छ भने म चाँही, जतिखेर पार्टी चुनावमा गयो । चुनावमा जाँदाखेरी चुनावी मोर्चा बन्यो । त्यतिखेर म माओवादीमै थिए । माओवादीबाटै चुनाव पनि लडेँ । बामपन्थी उम्मेदवार पनि भएको हो । र वामपन्थी प्रत्याशीको रुपमा गएको हो, चुनावमा । तर, पछि चाँही के भयो भने नेकपा बन्यो, नेकपा बनेपछि । अब सबै नेकपा हुने भो । पछि सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी छुट्याए । त्यसपछि पनि म माओवादीमै छुँ । कुनै पनि कार्यक्रममा कतै पनि एमालेको कार्यक्रममा म सहभागि पनि भएको छैन् । तर, के हो भने मेरो गतिविधी ,सहभागिता आजभोली अलिकति न्युन बनेको छ । किन न्युन भयो भने यत्रो विश्वास गरेर बनेको पार्टीमा नेताहरुको कमजोरीको कारणले कम्युनिष्ट आन्दोलनलाई जुन क्षयीकरण भयो । त्यसमा मलाई असन्तुष्टि रह्यो कुनै कार्यक्रमहरुमा सहभागि भईन म । माओवादी छोडेको छैन् । सर्वोच्चको फैसला पछिको एमालेमा गएकै छैन् । अहिले पनि माओवादी नै हुँ । पहिले पनि माओवादी नै थिएँ । त्यसमा कुनै दुइ मत छैन ।

माओवादीले उठाएका एजेण्डाहरु, जस्तै गणतन्त्र ,समावेशिता, समानुपातिक, धर्मनिरपेक्षता आज स्थापित छ । संविधानसभाको चुनाव पनि भयो, उसकै मुद्दा हो । तर, अहिले माओवादी के कारणले अदालतको यात्रामा छ ?

– तपाईको बुझाई गलत हो, बिचमा त्यस्तो अवस्था थियो । तर अहिले आएर नेकपाको यात्रा र नेकपा एमालेको यात्रा फरक भएको छ । तर माओवादीको यात्रालाई जनताले नराम्रो बुझेको छैन् ।

प्र. जनमत त अहिले माओवादीको कमजोर छ नि त ?

– जनमत नाप्ने, जाँच्ने कुनै निर्वाचनै भएको छैन् । सिद्धान्तको आधारमा तपाई आफै भन्नुहुन्छ , गणतन्त्रको सबाल होस या कानुनी शासन उसको मुद्दा हो । जब मुद्दा उसको छ अनि बलियो कसरी अरु भईहाल्छ ?

पार्टी फुट्नुमा ओलीजी जत्तिकै प्रचण्ड पनि जिम्मेवार हुन भन्ने छताछुल्ल छ ,अनि पार्टी फुटनुमा ओली मात्रै कसरी दोषी भए ?

– एउटा कुरा नि ! सब भन्दा पहिला त म तपाईलाई के भनु भने घरको ‘गारजियन’ मुल मान्छे भएकोले घरको कलहको कारण अरु भएपनि त्यसको जिम्मेवारी मुल मान्छेले लिनु पर्छ । पार्टीको अध्यक्ष उहाँ थियो नि, प्रधानमन्त्री त उहाँ थियो । दुई–तिहाई सरकारले जनता प्रति जुन निराशाजनक अवस्था पैदा ग¥यो त्यो प्रचण्डले गरेको होइन् । केपी ओलीको कारणले भएको हो । सरकारको नेतृत्व कसले गरेको थियो, पार्टीको नेतृत्व कसले गरेको थियो ? ‘तपाई मेरो साथी हुनुहुन्छ तर तपाई प्रति मेरो साथित्वको व्यवहार भएन भने तपाई मेरो साथी भएर बस्नु हुन्छ त ? ’ पार्टी अध्यक्षले पार्टीको विधि र विधान अनुसार पार्टी जुन उद्देश्यले एकीकरण भयो त्यो उद्देश्यलाई कार्यान्वयनमा लान सक्नु भएन भने प्रचण्डको दोष लाग्छ ? नेकपा त सेकेण्ड लिडर मानेको हो नि ! फष्ट लिडर त केपी ओलीलाई मानेको नि ! केपी ओलीको भूमिका फष्ट लिडर सरहको हुनु प¥यो नि ! ‘गारजियन’को जस्तो हुनु प¥यो नि ! हरेक कुरा पाटी विधान अनुसार चल्नु पथ्र्यो , पार्टीको नीति अनुसार । सरकार चलाउनु पथ्र्यो नि ! कार्यक्रमहरु लागु गर्नु पथ्र्यो । आशा र विश्वासमाथि कुठराघात गर्ने ,तानाशाही प्रवृति देखाउने , एकतन्त्रीय शासन गर्न खोज्ने र विधान विधिलाई नमान्ने र पार्टी फुट्नुको दोष प्रचण्डलाई दिने यो कस्तो चरित्र हो ?

ओलीलाइ काम गर्न नदिने, गुटहरु चलाउने पनि देखियो नि त ?

–केपी कामरेडको पक्षमा कार्यकर्ता छैन्, दुई पटक सदन विघटन गरेर जानु भो । पहिलो पटक सदन विघटन गर्नु भो नेकपाको विपक्षमै गएर गर्नु भो नेकपाको समर्थन लिने आवश्यक ठान्नु भएन , केपीओलीको पक्षमा जनता भएको भए आन्दोलन किन हुन्थ्यो ? तेत्रो नाराजुलुश कसरी लाग्यो ? कसरी त्यो निस्तेज भयो, अदालतले पनि निस्तेज ग¥यो, जनदवावहरु त्यतिकै सृजना भयो, जनता रोडमा सुते । पहिलो पल्टको संविधान विघटनमा पनि उहाँहरु नै दोषी हुन् । उहाँसंग जनताको लहर कहाँनेर छ ? उहाँ मनोगत रुपले निरंकुश , एकदम हठ्ठी प्रवृति र विधि र शासन विरुद्धका मान्छे हुन् । विधि र शासनको पक्षमा नहुने मान्छे कम्युनिष्ट पार्टीको हुनै सक्दैन् ।

प्र. यहाँले विधि र शासनको कुरा गर्नु भो, तर पार्टी भित्र ठुल–ठुला नेताहरुले बाहिर गएको दृष्टान्त छ । पार्टीले कुनै कारवाही गर्न सकेन ?

– विधि र शासन, के भन्छ विधानले ? कि अध्यक्षले बैठक बोलाउनु पर्छ बैठक नै बोलाउँदैनन । उहाँ जबर दस्ती गर्ने बैठक नै नबोलाई दिने , बैठक बसेपछि न कारवाही हुन्छ । बैठक बोलाएपछि राम्रो र नराम्रोको पहिचान हुन्छ । प्रचण्ड दोस्रो दर्जाको अध्यक्ष बन्ने अनि बोलाएको बैठकलाई नमान्ने । त्यहाँनेर विधि विपरित गल्तीहरु भयो र उहाँले एकहोरो हठ्ठी प्रवृतिको जुन आफनो गतिविधीहरु गर्नु भो र नेपाली जनताले कम्युनिष्ट नेताहरु प्रतिको अविश्वासको जुन परिस्थिति उत्पन्न भो त्यो उहाँको कारणले नै हो । र यो कुरोलाई नेपाली जनताले राम्ररी बुझेका पनि छन् । कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट पार्टीले गणतन्त्र माँगेको छ जनताको बहुदलीय जनवाद, यसमा निरंकुशता कहिँ छ जनताको बहुदलीय जनवाद भित्र रहेको लिडरले निरंकुश देखाउने हठ देखाउने आफनै पार्टीको , अच्छा प्रचण्डलाई तपाई कसरी दोष दिनु हुन्छ , नेकपा एमाले भित्र जसको ईतिहास छ माधव कुमार नेपाल , नेकपा एमालेलाई बनाउने व्यक्ति मध्येको एक हुन नेपाल । माधव नेपाल र झलनाथ खनाल सम्मका व्यक्तिलाई पार्टीमा बस्न नदिने मान्छेले । प्रचण्डलाई दोष देखाएर हुन्छ ।

प्र. प्रचण्डले नै बन्द कोठामा भएका बैठकहरुले गर्दा त यस्तो भएन ?

– होइन त्यसो भएको होइन , पार्टी अध्यक्ष केपी कमरेड नेकपा एमालेका, अनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुईटै पार्टीको बैठक बसेर एकता भएको हो नि । कसको असहमती थियो, झलनाथको थिएन, माधव नेपालको थिएन । यता वामदेवको थिएन , माओवादी भित्र पनि सर्वसम्मत डढंगले दुईटै पार्टीको विचारले सिद्धान्तले एकीकरण भयो । एकता भयो । त्यसमा असहमति कसले गरयो ? माधव नेपालले गरेको भन्न खोज्नु भएको हो ? कसैको विमत्ती थिएन । सबैको समहमति थियो । कम्युनिष्ट आन्दोन एक हुनु पर्छ र कम्युनिष्ट आन्दोलनलाई एकजुट भएर लानु पर्छ । पहिले एमाले र माओवादी बिच चुनावी एकताको कुरा भयो । त्यस पछि निर्वाचन जित्यौं । अनि दुईटै पार्टीको केन्द्रिय कमिटिको बैठकमा एकीकरण कसरी गर्ने भन्ने बारे निर्णय भयो , एकीकरण गर्ने जिम्मा अध्यक्ष र अध्यक्षलाई दिएको भन्ने कुरा माइन्युटमै उल्लेख छ । र त्यो अध्यक्ष– अध्यक्षले गरिसके पश्चात नीति निर्माण लगायतको कुरा भयो । बिधान , सबै बनाएर दुबै अध्यक्षले एकीकरण गरेको हो । एकताको सबालमा म भन्छु , विधिगत ढंगले एकता भएको हो । र विभाजनमा एकताको कारणले विभाजन भएको कसैले भन्छ भने त्यो बेठिक हो , बुझाईमा कमि छ । एक पटक पार्टीको निर्णयहरु सरसर्ती हेर्दा खेरी प्रष्ट हुन्छ , एकता विधिगत ढंगबाटै भएको थियो । एकीकरण भईसके पश्चात दुईटै अध्यक्षको सहमति अनुसार सत्ता संचालन गर्ने, पार्टी संचालन गर्ने र त्यसमा नेपाली जनताले हेरिरहेका छन्, सुक्ष्मतापुर्वक हेरिरहेको छ । कसको गल्ती हो , त्यसमा एकदम हठिपना मनोगत कुरा गर्ने र पार्टीलाई पार्टीको सिद्धान्त र पार्टीको विधि र प्रक्रिया अनुसार पार्टीको संचालन नगर्ने भएकोले सानोबाट सुरु हुँदै पार्टी फुटेर गयो ।

गणतन्त्र समेतको विरोधमा अभिव्यक्ति दिएका नेता केपी ओलीको पछि लागेर जनयुद्धबाट आएका प्रचण्डले नै पथबाट विचलन भएको देखिन्छ नि त ?

–प्रचण्ड ओलीको पछाडि लागेको होईन्, नेपालको कम्युनिष्ट राजनीतिमा नेकपा एमाले नेपाली जनताको विश्वास जितेको पार्टी हो, त्यसको कारणले । अनि प्रचण्डको के उद्देश्य थियो भने नेपालमा कम्युनिष्ट आन्दोलनलाई मजबुत पार्नको लागि कम्युनिष्ट पार्टीलाई सुदृढिकरण गर्नको लागि र कम्युनिष्टमय नेपाल बनाउनको लागि सबै कम्युनिष्ट एकजुट हुनु पर्छ , जुन महान उद्देश्य थियो । त्यो उद्देश्य पुरा गर्नको लागि । प्रचण्ड कमरेडले केपीओली संग होइन , नेकपा एमाले संग एकीकरण गरेको हो । एमाले र माओवादी एक भएको हो नि । केपी र प्रचण्ड एकीकरण भएको होइनन नि । पार्टीहरु एकीकरण भएको हो । जुन पार्टी नेपालको कम्युनिष्ट पार्टीहरुको तुलनामा सबभन्दा ठुलो पार्टीहरु देखिएको र यसले दु्ईटै पार्टी एकठाउँ भएपछि नेपाललाई कम्युनिष्टमय बनाउन सकिन्छ । भन्ने उद्देश्यबाट प्रचण्ड कमरेडले एकीकरणको प्रस्ताव लगेको हो । र एकीकरण त्यतिखेर आवश्यकता पनि थियो एमालेलाई । एमाले पनि आफु क्षयीकरण अवस्थामा थियो । त्यो क्षयीकरणबाट जोगिन एकीकरण अपरिहार्य थियो । माओवादीका मुद्दाको सम्बोधन गर्नु परेको छ, माओवादीले संविधान जारी गराएको छ । नेपाली जनताको मनमा पसिसकेको छ । माओवादीलाई के थियो भने नेपाललाई कम्युनिष्टमय बनाउनु छ । र कम्युनिष्टलाई एकजुट गरेर लगे भने मात्रै नयाँ नेपाल हुन सक्छ भन्ने उद्देश्यबाट माओवादी प्रभावित भयो र एमालेलाई चाँही के थियो भने आफ्नो क्षयीकरण देखेपछि माओवादीकै मुद्दामा आफु पर्ने पार लाग्ने सोँचले एकीकरण गरेको हो । समय परिवर्तनशिल छ । परिवर्तनको अवस्थामा १० वर्ष पहिलाको सबै कुरा अहिले गरेर हुन्छ समान ढंगले देखिँदैन नि । समय परिवर्तनशिल छ । हाम्रा हजुरबुवाहरुले बाँसको टाटी लगाएर गेट हुन्थ्यो त्यति बेलाको संचारमाध्यमहरु र अहिलेको संचारमाध्यमहरु एकै हुन होइन् थुप्रै परिवर्तन भएको छ । म के भन्न चाहन्छु भने त्यतिबेलाका मुद्दाहरु सिद्धान्त अनुसार थुप्र्रै मु्द्दाहरु सम्बोधन भईसकेको हो सबै कुरो भईनसकेको अवस्था छ र यो आन्दोलनको क्रम हो । अब केही आन्दोलन गर्नु पर्दैन भनेर माओवादीले भन्छ त भन्दैन नि । समय परिस्थिति परिवर्तन हुँदै जान्छ आन्दोलन जारी छ । परिस्थिति जस्तो आउँछ त्यो अनुसार आन्दोलन हुँदैजान्छ । जनताका सहादत जनताले गरेको बलिदानको उपलब्धि नभएको होइन । जे जस्तो उपलब्धि भएको छ अहिले अधिकार गाउँमा पुगेको छ । गणतन्त्रको कारणले हो नि, समावेशीको कारणले हो नि । अहिले तपाई जानुस त महिला सहभागिता सबै तहमा कसरी छ ? कानुनले बलियो गछर्, नेताको उसले होइन् । अहिले पनि भन्छु कार्यान्वयन पक्षमा नेपाली जनताले बढि चासो नेपाली जनताले दिनु पर्छ र यसमा यस्ता आवाजहरु उठाई राख्नु पर्छ । जहाँनेर सम्बोधन गर्ने कुरोमा नेता सचेत रहनु पर्दछ । तपाईले नै भन्नु भो नेताको प्रवृतिले गर्दा कम्युनिष्ट पार्टी विभाजन भो । कम्युनिष्ट पार्टी प्रति जनताको निराशा जागेको छ । सिद्धान्तले हो , होइन नि । भोलीको दिनमा यसको तराजुले नाप जोख हुन्छ जनताले कामको आधारमा नापजोख गर्छ र जसले राम्रो काम गरेको छ त्यसको पक्षमा जनताले मत हाल्छ । र नतिजा निस्किन्छ र त्यतिखेर थाहा हुन्छ हठी प्रवृति , निरंकुशत प्रवृति, एकतन्त्रीय प्रणाली हाँक्न खोज्ने मैले भनेको कुरा मान्नै पर्ने , मैले गरेको क्ुरा बुझनै पर्ने जजसले मान्दैन त्यो गए हुन्छ । आज कम्युनिष्ट आन्दोलनमा बामदेव, माधव नेपाल र झलनाथहरु नेकपा एमाले भित्रका सबै जो कोही पनि केपी कमरेडसंग असहमत छ । उहाँ आदरणीय नेता हुनुहुन्छ उहाँलाई सबैले मान्छन् तर प्रवृति । योगदानको कदर हुन्छ । तर, के योगदान गरेको छ भने निरंकुश तन्त्र मान्छ कसैले मैेले भनेकै कुरा तपाईले मान्नु पर्छ भन्ने छर भूमिका ईतिहासले याद राख्नेछ ।

प्र. गणतन्त्र आएको दशक बित्यो, लगातार कम्युनिष्टले नै शासन पनि गरेको छ, भ्रष्टाचार चरममा छ नि ? महँगाई त्यस्तै बढेको छ, शासन माफियाहरुको हातमा रहेको आभाष हुन्छ ? तपाईले कसरी लिनु हुन्छ यस अवस्थालाई ?

– तपाई नै भनेको कुरा त सही होइन् म भन्छु । २० वर्ष पहिला तपाई फर्केर जानुस् स्वास्थ्य क्षेत्रमा अवस्था के थियो र अहिले के छ । हरेक कुरामा महँगाई बढेको छ समय बदलेको छ स्वास्थ्य शिक्षा र संचारको क्षेत्रमा जुन प्रगति भएको छ तपाई त्यसलाई हेर्ने कि नहेर्ने तपाई नकारात्मक मात्रै कुरा गरेर मात्रै भएन् । नकारात्मक कुरालाई हामीले करेक्शन गरेर जानु पर्छ । गलत भएको कुरोलाई गलत भन्न सक्नु पर्छ । अधिकारको क्षेत्रमा, सुशासनको क्षेत्रमा सुधार भएको छ । कानुन मजबुत छ कि छैन तपाईको , तपाईको खुट्टा बलियो भयो भने निश्चित रुपमा तपाई भोलीको दौडमा जित्न सक्नु हुन्छ । संविधान हाम्रो प्रगतिशिल बनेको छ । लोकतान्त्रिक संविधान छ यसमा संघीयता सहितको गणतन्त्र छ । अब यो संविधानलाई कार्यान्वयन गर्न व्यक्ति कस्तो हुन्छ ? विधि कस्तो लाग् ह्न्छ यस्ता प्रश्न नै नउठने भएको होइन र संक्रमण काल हो र सबै कानुनहरु पुर्ण रुपमा बनिनसकेकोले कहिलेकाँही चलखेल हुने परिस्थिति हुन्छ ।

संधिवान बनाउन १० वर्ष लाग्यो अनि कानुन बनाउन अर्को दश वर्ष लाग्ला अनि विकास कहिले हुने ?

– संविधान बनेकै पाँच वर्ष पुगेको छ । अनि पाँचै वर्षमा सबै कानुन भईहाल्छ तपाईको ?

प्र. पूर्वमन्त्री एवम् सांसद मातृका प्रसाद यादव र तपाई बीच पनि दूरी देखिन्छ नि ? –होइन्, उहाँ र मेरो बीच कुनै दूरी छैन् । उहाँ पार्टीका नेता हुन् । तालमेल र समझदारी गरेर अघि बढेको छु । उहाँलाई नेता स्वीकार गरेर अघि बढ्न तयार रहेको छु ।

– म निराशावादी होइन आशावादी मान्छे हुँ । म अझै पनि के भन्छु् भन्दिेखिन , जहाँ गल्ती भएको त्यसलाई करेक्शन गर्नू पर्छ । नेपाली जनताले विश्वास गर्छ , कम्युनिष्ट आन्दोलन प्रति जनताको विश्वास कायमै छ तर पार्टीहरु बिचको किचलो अन्त्य हुनै पर्छ । नेताहरु कम्युनिष्टको सिद्धान्त प्रति निष्ठावान हुनु पर्छ । नेताहरुले चरित्र सुधार गर्नु पर्छ र विधिको साशनलाई कार्यान्वयन गर्नु पर्छ धेरै कुरामा कमिकमजोरीहरु छन नभएको होइन । तर निराशाजनक स्थितिमा गएर पनि यो गणतन्त्रमा भएका उपलब्धिलाई संरक्षण गरेर अघि बढ्नु पर्छ । तर आपनो प्रवृति र चरित्रलाई भने सुधार गर्दै जानु पर्छ ।

Comment


Related News

Latest News

Trending News