२०७८ आश्विन २०, बुधबार १०:२५

मन्त्रीको नाम चयन लगायतका विषयमा मतदण्ड बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई  दिएको छ । अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् ।

जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ । जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै छन् । सुरुमा जसपा नेपालले आठ वटा मन्त्रालय माग गरेको थियो । ८ मागे पनि ६ मन्त्रालय पाउने जसपाको आशा थियो । तर चारवटा मन्त्रालय मात्र पाएपछि मन्त्री व्यवस्थापनमा समस्या भएको नेताहरु बताउँछन् ।

स्रोतका अनुसार शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउन र नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News