अपडेट 
२०७८ आश्विन २०, बुधबार १८:३७

नेपालमा बुधबार थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार १६५ पिसिआर परिक्षणका क्रममा ८४९ जना र ४ हजार ३०० एन्टीजेन परिक्षणका क्रममा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १ सय ९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ८९१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७२ हजार २९९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १६ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोलेशन र ४ सय ६७ जना क्वारेन्टाइनमा छन् ।

Comment


Related News

Latest News

Trending News