२०७८ आश्विन २१, बिहीबार १०:५९

रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।

रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन । बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो । ६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा बाघले चिथोरेको छ ।

घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News