अपडेट 
२०७८ आश्विन २२, शुक्रबार ०७:०३

जनकपुरधाम । एक दशक पछि हुन लागेको जनगणना २०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणना सम्बन्धि मिडिया सचेतना कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै केन्द्रीय तथ्याङक विभागमा निर्देशक केशव गौतमले यस्तो अनुमान गरिएको बताए । निर्देशक गौतमले यस पटकको जनगणनामा पनि महिलाको संख्या पुरुष भन्दा बढी हुने सक्ने आफ्ुहरुको आँकलन गरिएको बताए । निर्देशक गौतमले पुरूषहरू वैदेशिक रोजगारमा गएका कारण महिलाको जनसंख्या बढ्न सकिन सक्ने आफुहरुको अनुमान रहेको बताए । रोजगारीसहित अन्य कारणले पुरुष विदेश गएकाको पनि गणना गर्छौ उनले भने– ‘तर त्यो गणना छुट्टै हुने भएकाले महिलाकै जनसंख्या बढी देखिने अनुमान छ । यस्तै, महिलाको आयु पुरुषको भन्दा बढि भएकाले पनि महिलाको जनसंख्या बढी देखिने उनको भनाई छ । २०६८ को जनगणना अनुसार देशको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय थियो । जसमध्ये महिलाको संख्या ५१ प्रतिशत थियो । २०७८ सालमै पहिलो चरण सम्पन्न भएको जनगानाामा नेपालमा कुल परिवारको संख्या ७० लाख अनुमान गरिएको उनले बताए । २०६८ सालको जनगणनामा परिवारको संख्या ५४ लाख २७ हजार ३ सय २ थियो । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले जनगाना कुनैपनि देशको निति निर्माणदेखि विकास निर्माण, राज्यको सामुदायको पहुँज लागयका विषयमा महत्वपुर्ण रहेकोले यसलाई सञ्चारकर्मि सहित हरेक पक्षले गम्भिरतापुर्वक लिनुपर्ने बताए ।

पत्रकार सुचनाको प्रवाहक रहेकोले जनगानामा देखिने लापर्वाहीलाई हटाउन तथा आम जनमानसलाई जनगनाप्रति सचेत गराउन सञ्चारकर्मिको भुमिका महत्वपुर्ण रहेको भन्दै अध्यक्ष पन्तले भने,‘ जनगनाप्रति आमजनताभन्दा सञ्चारकर्मिको भुमिका महत्वपुर्ण र सम्वेदनशि हुन्छ, त्यसकारण यसमा देखिएका सकरात्कम र नकरात्कम पक्षलाई उजार गर्नु हाम्रो धर्म र कर्तव्य हो ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णले जनगनाकै अधारमा अधिकारको वाडफाँड तथा निर्वाचन क्षेत्रको किटान र सोही अधारमा सरकार निर्माण हुने गरेकोले पनि यसमा सबै पक्षले सचेत हुनु आवश्यक रहेको बताए । ‘ कोहि नदोहो¥याउन, कोहि नछुटुन’ भन्ने मुल विषयलाई ध्यानमा लिएर तथ्याङक संकलन गर्नुपर्ने युएनएफपिएका काशि राज पोखरेलले बताए । कार्यक्रममा नेपाल स्वास्थ्य पत्रकार मञ्चकी पुर्व अध्यक्ष तथा सहजकर्ता कल्पना अर्चाय, जिल्ला तथ्याङक कार्यालय धनुषाका प्रमुख बिमल यादव, मिडिया एक्सन नेपाल प्रदेश २ का संयोजक हदीस खुद्दार सहितकाले मन्वत राखेका थिए । कार्यक्रममा प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा जिल्लाहरुबाट पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News