अपडेट 
२०७८ आश्विन २२, शुक्रबार ०७:०७

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

वडा दशैंमा प्रथम पुजा माता शैलपुत्रीको गरेसँगै घटस्थापना हुन्छ ।घटस्थापना भईसकेपछि दु्र्गा पुजा विधिवत प्रारम्भ हुन्छ ।दुर्गाको नौ दिने पुजालाई नवरात्री भनिन्छ ।नवरात्रीमा दोस्रो दिनको पुजा माता ब्रम्हचारिणीको हुन्छ । भगवान शंकरलाई पतिको रुपमा प्राप्त गर्न उनी कठिन तप गरिन् ।उनको घोर तपको कारण देवीको नयम तपश्चारिणी अर्थात ब्रम्हचारिणी नामले प्रख्यात भईन् । मांदुर्गाको नवशक्तिको दोस्रो स्वरूप ब्रह्मचारिणीको हो । यहां ब्रह्म को अर्थ तपस्यासित छ । मां दुर्गाको यो स्वरूप भक्त र सिद्धलाई अनन्त फल दिने मानिन्छ । ब्रम्हचारिणीको उपासनाले तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धि हुन्छ । ब्रह्मचारिणीको अर्थ तप को चारिणी यानी तपको आचरण गर्ने मानिन्छ । देवीको यो रूप पूर्ण ज्योतिर्मय र अत्यंत भव्य रहेकोछ । ब्रम्हचारिणी देवीको दाहिने हातमा जप गर्ने माला र बायां हाथमा कमण्डल धारण गरेकि छन् । पूर्वजन्ममा यो देवीले हिमालयको घरमा पुत्रीको रूपमा जन्म लिएकी थिईन् ।उनी नारद मुनीको उपदेश अनुसार भगवान शंकरलाई पतिको रूपमा प्राप्त गर्नको लागि घोर तपस्या गरेकि थिईन् ।

अत्यन्त कठिन तपस्याको कारण उनलाई तपश्चारिणी अर्थात ब्रह्मचारिणी नयमसे अभिहित गरिएको छ । एक हजार वर्ष सम्म उहाँले केवल फल–फूल खाएर बिताईन् ।उनी सय वर्ष सम्म केवल जमीनमा रहेर शाक पर निर्वाह गरिन् । केहि समय कठिन उपवास राख्नु भो । खुल्ला आकाशमुनी वर्षा र घामको घोर कष्ट वर्दास्त गरिन् । तीन हजार वर्ष सम्म झरेको बिल्व पत्र (बेलपत्र) खानुभो ।निरन्तर भगवान शंकरको अराधना गरी रहिन ।त्यसपछि उनी सुकेको बिल्व पत्र (बेलपत्र) खाना छोड दिनुभयो ।कयौं हजार वर्ष सम्म निर्जल र निराहार रही तपस्या गरी रहिन ।बेलपत्र खान छोडेको कारण उहाँको नाम अपर्णा हुन गयो ।भगवान शिवलाई वरको रुपमा प्राप्ति गर्ने माताको तप झन कठोर हुँदै गयो । कठिन तपस्याको कारण देवीको शरीर एकदम गलीसकेको थियो। देवता, ऋषि, सिद्धगण, मुनि सबैले ब्रह्मचारिणीको तपस्या अभूतपूर्व पुण्य कृत्य रहेको भन्दै उहाँहरुले प्रशंसा गर्न थाले ।साधुसन्त,ऋषी मुनीहरुले उहाँ जस्तो कठिन तप आज सम्म कसैले नगरेको चर्चागर्दै यस किसिमको तप गर्ने देवी ब्रम्हचारिणी अद्भूत रहेको बताए ।ब्रम्चारिणीले मात्र यस्तो तप गर्न सकेको साधुहरुले बताए ।

कठोर तपबाट प्रभावित भएर साधु, सन्त , ऋषीमुनी सबै देवदेउताहरुले मनोकामना परिपूर्ण हुने आर्शिवचनदिदै भने भगवान चंद्रमौलि शिवजी तिमीलाईं पतिको रूपमा प्राप्त हुनेछ । तिम्रो तप पूर्ण भएकाले अब तपस्या छाडी घर फर्कि हाल्न देवदेवताहरुले सुझाव दिए ।सिघ्र नै तिम्रो पिता तिमीलाई बुलाउन आउँदैछन् भन्द्र देउताहरु अन्तरध्यान भए । मां ब्रह्मचारिणी देवीको कृपाले सर्वसिद्धी प्राप्त हुन्छ । दुर्गा पुजाको दोस्रो दिन देवीको यसै स्वरूपको उपासना गरिन्छ । ब्रम्हचारिणी देवीको कथाको सार जीवनको कठिन संघर्षमा पनि मन विचलित हुनु हुँदैन् । माता ब्रम्हचारिणीको विधिपूर्वक पुजाले विपरित परिस्थितिमा पनि साहस र धैर्यतापूर्वक अगाडी बढने शक्ति प्राप्त हुन्छ ।देवी भगवतीको पुजा दोस्रो दिन माता ब्रम्हचारिणीको रुपमा भएपनि उहाँको कयौं नामहरु छन् ।घटस्थापनाको दिनदेखि हरेक दिन दुर्गाको विभिन्न स्वरुपहरुको पुजा गरिन्छ ।हिन्दुहरुले शक्तिस्वरुपा दुर्गाको पुजा अत्यन्त निष्ठा र भक्तीपूर्वक गर्छन् ।

Comment


Related News

Latest News

Trending News