अपडेट 
२०७८ आश्विन २२, शुक्रबार ०७:१४

जनकपुरधाम । जनकपुरधाममा पूर्णरुपले बाँसको मात्र प्रयोग गरेर बनाइएको सुविधा सम्पन्न होटल ‘ बाँसबारी’ सञ्चालनमा ल्याइएको छ ।

जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ आज घटस्थापनाको दिनदेखि युवा व्यवसायी भरत साहले सो होटल सञ्चालनमा ल्याएका हुन् । जनकपुरधामस्थित भैरवचोकमा उनले होटल ‘ बाँसबारी’ सञ्चालन गरेका छन् । होटलका सञ्चालक भरतले जनकपुरधाममा पूर्णरुपले बाँसले बनाइएको होटल नै नरहेको समयमा आफूले ग्राहकलाई केही नयाँपन दिने उद्देश्यले यो होटल सञ्चालन गरेको बताए । उनले यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाए ।

Comment


Related News

Latest News

Trending News