२०७८ आश्विन २४, आईतवार ०६:५१

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश (प्रदेश–२) कमिटीको समायोजन आइतवार हुने भएको छ ।

पूर्व राजपाका नेता, कार्यकर्ताहरुलाई प्रदेश कमिटीमा समायोजनको घोषणा गरिनेछ । जसपाको पदेश कमिटी निर्वाचित रहेको छ । पूर्व राजपाको पदेशमा कमिटी नरहेकाले समायोजन पटक–पटक सरेको छ । गत हप्ता नै समायोजन घोषणाका लागि नेताहरु आएपनि बैठक गरेर नै फर्केका थिए । समायोजनको क्रममा मधेश कमिटीबाट जसपाका केहि हटने र पूर्व राजपाबाट थपिने छ । थपिनेमा जसपाका पनि केहि यवा नेताहरु रहेका छन् । पूर्व राजपाका नेताहरुले तयारी नपगेको भन्दै समयोजनको घोषणालाई १९ गते सारेका थिए । तर मन्त्रिपरिषद विस्तारमा नेताहरु अल्झेपछि समायोजनको घोषणालाई २४ गते सारिएको हो । स्रोतहरुका अनुसार समायोजन घोषणाको तयारी भइसके पनि पूर्व राजपामा असन्तुष्टि देखिएको छ । कतिपय नेताहरुले सूची संशोधन गर्न माग गरेका छन् । तर समायोजनका लागि जसपाका अध्यक्ष उपेन्द यादव शनिवार साँझ नै जनकपुरधाम आईपुगेका छन् । महेन्द यादव लगायतका नेताहरु आईतवार विहान आउने कार्यक्रम रहेको छ । गठबन्धन सरकारमा सहभागिताको विषयमा जसपा भित्र तीब असन्तुष्टि देखिएको छ । सरकारमा पराना नेताहरुलाई नै पठाएपछि युवा नेताहरुमा आक्रोश बढेको छ । वीरगञ्जमा जसपाका कार्यकर्ताहरु सडकमा उत्रेका छन् ।

पर्साका सांसद पदीप यादवलाई मन्त्री बनाउन माग गर्दै उनका समर्थकहरु सडकमा उत्रेका हन् सांसद प्रमोद साहले दल विभाजनको सम्बन्धमा छलफलमा जटेका छन् । साहले आफ्नो नाम अन्तिम समयमा काटिएकोमा आपत्ति जनाएका छन् । जसपामा ‘एक व्यक्ति एक पद’ नीतिलाई मधेश पदेश कमिटीबाट कार्यान्वयन गर्न थालिएको छ । पदेश अध्यक्ष रहेका विजय कुमार यादवले पार्टीको कार्यकारिणी समिति सदस्य र आर्थिक विभाग प्रमुख छाड्ने घोषणा गर्ने बताइएको छ । उनी पदेश अध्यक्ष भने रहने छन् । पार्टीको विधान अनुसार पार्टीको दुईवटा पदमा एकै व्यक्ति रहन पाइने छैन् । केन्दीय कमिटीमा रहेकाले पदेश कमिटी छाड्न पर्नेछ । तर सरकारी पद र पार्टीको एउटा पदमा रहन विधानले रोक लगाएको छैन् ।

Comment


Related News

Latest News

Trending News