अपडेट 
२०७८ आश्विन २४, आईतवार ०७:२४

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले ‘खेलकूद’ लाई युवाको गहना बताएका छन् ।

नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर हंसपुर नगरपालिका वडा नं. २ करहियामा सुरु भएको भलिबल प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताए । खेलकूदले युवाहरुलाई संगठित र अनुशासित हुन सिकाउने गरेको मेयर मण्डलले बताए । खेलकूदको विकासमा पालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अघिल्लो समयमा खेलकूदको अवस्था खस्किदै गएको कारण युवाहरु गलत ट्रयाकमा लागेको उनले थपे । युवाहरुलाई सक्रिय र रचनात्मक कार्य गर्न खेलकूदले ठूलो सहयोग पुर्याउने गरेको मेयर मण्डलले बताए । उद्घाटन कार्यक्रममा उपमेयर रेणु झाले खेलकूदको विकासमा पालिका गंभिर रहेको बताइन् । उनले युवाहरुलाई जीवन सार्थक बनाउन समेत खेलकूदले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जिकिर गर्दै उनले खेलकूदको विकासमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष उदय साह, नेपाली काँग्रेसका नगर संयोजक जयनारायण कापर, जसपाका नेता शिवचन्द्र यादव, युवा नेता सुजित कापर, विद्यार्थी नेता सुधिर मण्डल, युवा संघका केन्द्रीय सदस्य ध्रुवनारायण यादव, बुद्धिजिवि महेश्वर सिंह, पूर्व वडाध्यक्ष रामवरण मण्डल, इलाका प्रहरी कार्याल य तारापट्टीका राजेन्द्र यादव, भलिवल टोलीका कप्तान रंजित मण्डल लगायतको उपस्थिति रहेको थियो । भलिवल प्रतियोगिताको खेल आइतबारदेखि सुरु हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News