जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–७ बजराहीस्थित गणेश प्रसाद चौधरीको घरमा लुटपाट भएको छ ।
लुटेराहरुको एक समूहले गरेको आक्रमणमा परी एक घाईते भएका छन् । घरमा एक्लै रहेका रोशन चौधरीले लुटपाटको प्रतिकार गर्दा लुटेराहरुको आक्रमणमा परि घाईते भएका छन् । शनिबार बिहान ४÷५ जनाको समूहमा रहेका हतियारधारीहरुले चौधरीको छोरा विजय चौधरीको घरमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लुटेराहरुले १० तोला सुनको गहना र २५ हजार नगद लुटेको जिप्रका महोत्तरीका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले बताए । घाईते चौधरीको प्रारम्भिक उपचार जलेश्वर अस्पतालमा भएपछि विशेष उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याईएको छ । रोशनलाई नियन्त्रणमा लिएर लुटपाट मचाएको पीडितले बताए । केही दिन यतादेखि महोत्तरी जिल्लाको गाउँदेखि शहरसम्म चोरी डकैतीका घटना बढेको छ ।


