२०७८ आश्विन २४, आईतवार ०८:०४

वीरगंज । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी र क्रियाशिल पत्रकार मञ्च पर्साले शनिबारसंयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्तालाई सम्मान गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको युरोपियन इन्टरनेशनल युनिभर्सिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएकोमा गुप्तालाई सम्मान गरिएको हो । मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले संयुक्त रुपमा दोसल्ला, ढाका टोपी र सम्मान पत्रसहित सम्मान गरेका थिए । सम्मान ग्रहण गरेपछि गुप्ताले आपूmले पाएको उपलब्धि व्यक्तिगत नभई पूरा वीरगंजवासी र सम्पूर्ण नेपालीहरुको लागि भएको बताउँदै यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए । आउने दिनमा अभैm राम्रो काम गरेर देखाउने प्रतिबद्धता उनले जनाए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जाराले बीरगंज उद्योग वाणिज्य संघको अहिलेको नेतृत्व सर्वगुण सम्पन्न रहेको बताए । औधोगिक क्षेत्रका समस्या समाधान गर्न तीनै तहका सरकार बीच समन्वय गर्न वीरगञ्ज उवा संघका अध्यक्ष गुप्ताले बताए । नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीका पोखरेल, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, माधवराज पाल, सरोकार मंचका केन्द्रिय सदस्य राजाराम साह, अंचल उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरै, नगर अध्यक्ष एवम् संचारकर्मी उपेन्द्र बरै लगायतको उपस्थिति रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News