२०७८ आश्विन २४, आईतवार १७:००

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ। आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ खुवाएका छन्।

६ मन्त्रीलाई प्रदेश प्रमुख शेरचनले र चार राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट गत साउन २८ मा सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो।

लुम्बिनीमा कांग्रेसका चार मन्त्री र दुई राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित चार मन्त्री र दुई राज्यमन्त्री, जसपाका तीन मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन्।

मन्त्रीकाे सूची

Comment


Related News

Latest News

Trending News