२०७८ आश्विन २५, सोमबार ०६:५९

गौर । मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ की संयोजक पुजा पाठक तिमिल्सिना पुरस्कृत भएकी छन् । उत्कृष्ट कार्य गरे वापत केन्द्रीय कार्य समितिबाट उनी पुरस्कृत भएकी हुन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा गरेको कार्यको मुल्यांकन गर्दै केन्द्रीय समितिले प्रदेश संयोजक पाठकलाई प्रदेशको उत्कृष्ट घोषणा गर्दै नगदसहित पुरस्कार गरेको छ । मेची महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय कार्य समितिको असोज १९ गते बसेको बैठकबाट उत्कृष्ट कार्य गरेकी रौतहट जिल्ला शाखालाई सेवा मुलक कार्यको लागि नगद १० हजारसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई सो पुरस्कार प्रदान गरिएको केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिए ।

प्रदेश अन्तर्गतका बारा जिल्ला शाखा र सर्लाही जिल्ला शाखालाई पनि पुरस्कार प्रदान गरिएको हो । गएको आर्थिक वर्षमा रौतहट शाखाले महिला हिंसाको ११५ वटा उजुरीहरुलाई छानविन गरि पीडितलाई न्याय दिलाउन सफल भएको प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिइन् । महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध कार्य गर्दै आएका मेची महाकाली बुहारी संयुक्त आवाजले इमान्दारी पुर्वक कार्य गर्दै आएको उनले बताइन् । घरेलु हिंसा पीडित महिलाहरुको उजुरी बढी परेको र छलफलको माध्यमबाट समाधान गरिएको उनले बताइन् ।

Comment

Related News

Latest News

Trending News