२०७८ आश्विन २५, सोमबार ०७:५४
कलैया । बडादशैंको अवसर पारेर विपन्न परिवारलाई निजगढमा कपडा बितरण गरिएको छ । नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङले आईतबार वडा नम्बर ९ गणेश नगर टोलका आर्थिक रुपमा विपन्नहरुलाई नयाँ कपडा वितरण गरेका छन् ।
वडा नम्बर ९ का ३० घर परिवारलाई पाईन्ट, टिसर्ट, टोपी लगायत अन्य विभिन्न कपडाहरु वितरण गरेको तामाङले जानकारी दिए । टोल बिकास संस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घरपरिवार छनोट गरी दशैको लागी कपडा वितरण गरिएको टोल बिकास संस्थाका सचिव साजन लामाले बताए ।


