२०७८ आश्विन २५, सोमबार ०८:०२

जीतपुर । चाडपर्बको अवसरमा हुने फोहरलाई मध्यनजर गर्दै होटल तथा पर्यटन व्यवसायी संघ, बाराले चुरियामाई मन्दिर परिसरमा स्टेन्डसहितको डस्टबिन राखेको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेसहितको टोलीले पाँचवटा विभिन्न ठाउँमा स्टेण्ड सहितको डस्टबिन राखेको हो ।

चाडपर्बमा भिडभाड हुने र फोहर व्यवस्थापनमा समस्या देखिएका कारण प्रदेश २ को प्रबेशद्धारमै रहेको चुरियामाई मन्दिरमा स्टेन्ड सहितको डष्टबिन राखिएको अध्यक्ष लामिछानेले जानकारी दिए । यातायात व्यवसायीहरुको आस्थाको केन्द्र बिन्दु चुरे शिवालिक पर्वत श्रृङ्खलाको काखैमा मन्दिर अवस्थित छ ।

एशियाको पहिलो मानव निर्मित चुरिया सुरुङग मार्ग अवलोकन गर्न आउँने आन्तरिक तथा बाह्य पर्यटकको पनि हितमा डष्टबिनले मद्दत पुरयाउने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष लाामिछानेले विश्वास व्यक्त गरे ।

 

 

Comment


Related News

Latest News

Trending News