अपडेट 
२०७८ आश्विन २६, मंगलवार ०७:१४

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा सोमबार आयोजित बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ् यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वमन्त्री भानुभक्त ढकालले मुलुकमा स्थायित्व कायम कायम गर्न सबैलाई समेटी अगाडि बढ्न युनियन लाग्नुपर्नेमा जोड दिनुभयो । युनियनका पूर्वअध्यक्ष एवं प्रदेशका पूर्वमन्त्री हिक्कतकुमार कार्कीले विद्यार्थी हकहित, लोकतन्त्रको संरक्षण र लागुपदार्थ मुक्त नेपाल बनाउने अभियानमा युनियन आगाडि बढ्न आग्रह गर्नुभयो । युनियनका केन्द्रीय अध्यक्ष सुनिता बरालले देशलाई समृद्ध र सुखी बनाउन साझा लक्ष्यका साथ युनियनले कार्य गर्नुपर्नेमा जोड दिँदै देशभक्त र इमान्दार विचारका विद्यार्थी बनाउन योगदान पु¥याउनु पर्ने बताउनुभयो ।

युनियनका प्रदेश अध्यक्ष रवीन्द्र सुवेदी, नेकपा एमाले प्रदेश कमिटी सचिव विनोद ढकाल, नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल खेलकूद महासङ्घका उपाध्यक्ष पर्शुराम बस्नेत, युनियनका उपमहासचिव भाष्कर खनाल र गोकर्ण घिमिरेले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा र निजी विद्यालयमा पिछडिएका क्षेत्रका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।रासस

 

 

Comment


Related News

Latest News

Trending News