२०७८ आश्विन २८, बिहीबार १५:५९

महोत्तरी । महोत्तरीमा बुधबार (गएराती) एक महिला माथि हतौड़ी प्रहार गरि हत्या गरिएको छ।

जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर ३ डाम्हि मडई गाँउमा बुधबार राति चोरी गर्न पुगेका केही अज्ञात व्यक्तिले स्थानीय स्व. लालकिशोर झाकी ४२ बर्षीया पत्नी शिलादेवी झामाथि हथौडा प्रहार गरेर हत्या गरेको हो । झामाथि राति करिव १ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

शिलाको लास ओछ्यानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटना स्थलको मुचुल्का उठाई लासलाई पोष्टमार्टमका लागि पठाईएको छ ।

घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News