अपडेट 
२०७८ आश्विन ३०, शनिबार ०९:०९

भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News