अपडेट 
२०७८ आश्विन ३०, शनिबार १४:४१

साफ च्याम्पियनसिप फुटवल अन्तर्गत आज नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ ।

फाइनल खेल आज नेपाली समय अनुसार राति पौने ९ मा हुनेछ । पहिलोपटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन् । शुक्रबार भर्चुअलबाट आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली टिम शारीरिक र मानसिक रुपमा तयार रहेको, तर अघिल्लो खेलमा वार्मअपका बेला घाइते भएका पुजन उपरकोटी खेल्ने नखेल्ने यकिन नभएको बताएका छन् । भारतविरुद्ध पहिले भएका गल्ति सच्याएर सुधारेर खेल्ने नेपालको तयारी छ । मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सट्टा पत्रकार सम्मेलनमा उपस्थित भएका किरणले भारत बलियो दावेदार भएपनि आफूहरु इतिहास रच्नका लागि खेल्ने बताएका छन् । यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमिमा इतिहास बनाउने लक्ष्यमा रहेको र फाइनलमा गोर्खाली पाराले खेल्ने बताए । उनले फाइनलमा शतप्रतिशत दिएर खेल्ने र त्यसका लागि तयार रहेको धारणा राखेका छन् ।

Comment


Related News

Latest News

Trending News