२०७८ कार्तिक २, मंगलवार ०७:३७

जनकपुरधाम । अस्त– व्यस्त बनेको जनकपुरधाम नगर क्षेत्र भित्रका ट्राफिक व्यवस्था सुधारको लागि पहल थालिएको छ ।

ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाकाको संयुक्त पहलमा ट्राफिक व्यवस्थापन सुधार्ने कार्यलाई अभियानको रुपमा संचालन गरिएको छ । सोमबार ट्राफिक प्रहरीको अगुवाईमा अस्पतालरोडबाट ट्राफिक नियम उल्लंघन गर्ने दर्जन बढी सवारी साधनलाई ‘होल्ड’ गरिएको छ । ‘सडक पेटीमै ठेला राख्ने, जथाभावी सवारी पार्किंग लगायतका कारणले अस्पताल सडकखण्ड नराम्ररी प्रभावित बनेको छ । यसलाई सुधार गर्ने प्रयास थालेका हौं, सो क्रममा करिब डेढ दर्जन सवारी साधनहरुलाई कारवाही गरिएको छ , फुटपाथ खाली गराईएको छ– ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले भने । पहिलो पटक ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक नियम सम्बन्धि जनचेतनाको उद्देश्यले सवारी ‘होल्ड’ गरेर सामान्य सजाय दिईएको जिरोमाईल ट्राफिक कार्यालयका प्रमुख समेत रहेका न्यौपानेले बताए । उनले भने ,‘ खास गरेर अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कुनै पनि बेला आकस्मिक रुपमा एम्बुलेन्स ल्याउनु पर्ने हुन्छ, तर सो सडक पेटीमै ठेला गाडाहरु राखेर व्यापार गर्नेहरु पनि छन् । उनीहरुलाई रंगभूमि मैदानमा सारिएको छ , फुटपाथ खाली गराएका छौ । ’ पहिलो पटक ठेलाहरुलाई पनि होल्ड गरिएको छ ।

तर, फेरी पनि फुटपाथमा ठेला राखे कडा कारवाही गर्ने चेतावनी समेत उनले दिए । ‘नो पार्किंग भएको ठाउँमा पार्क गरिदिने , फुटपाथमा ठेला राखेर बाटो नै अवरुद्ध गर्ने प्रवृतिको अन्त्य हुनु पर्छ र यो त्यसकै सुरुवात रहेको उनले प्रष्ट पारे । ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक नियमको पालना गरेको देखिनेहरु पनि प्रहरी नदेखिने बित्तिक्कै सवारी अनुशासनको पालना गर्दै नगर्नेहरुमा जानकारीको अभाव नभई अटेर गर्ने प्रवृति हावि हुँदै गएको छ जसले गर्दा नगर क्षेत्र भित्रका ट्राफिक अव्यवस्थित बन्ने गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा संचालित व्यापार व्यवसायलाई पुर्णतः नियन्त्रण गर्न फुटपाथ व्यापारको लागि यथोचित व्यवस्थापन गर्नु पर्ने आवश्यकता न्यौपानेले औंल्याए ।

Comment


Related News

Latest News

Trending News