जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा प्रचारप्रसारका लागि गृहमन्त्री बालकृष्ण खाँड उत्रेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको भवन शिलान्यास गर्न बुधवार मलंगवा आउन लागेका गृहमन्त्री खाँडलाई बिहान जनकपुरधाम विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ । खाँड विमानस्थलमा सञ्चारकर्मीहरुसित संक्षिप्त कुराकानीपछि मलंगवा लाग्ने छन् । त्यहाँ उनले भवन शिलान्यासपछि कार्यालय प्रमुखहरुलाई निर्देशन दिने छन् । त्यस लगतै उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सर्लाहीमा देउवाको पक्ष बलियो छ । असन्तुष्ट रहेका नेताहरुलाई खाँडले भेंट्ने छन् । खाँडले दिनभरि सर्लाहीमा देउवा पक्षलाई बलियो बनाउन समय खर्चिने धनुषा जिल्लाका युवा नेता कुमरकान्त झाले बताए । ‘ स र्ल ा ह ी प िछ मन्त्री खाँडले महोत्तरी जिल्लाका नेता, कार्यकर्ताहरुलाई बर्दिबासमा भेंट्ने छन्’ नेता झाले भने, ढिलो सम्म भेंटघाटगरी उनी जनकपुरधाममा रात्री बास बस्ने छन् । प्रदेश २ मा शान्तिसुरक्षाको स्थिति कमजोर भएको गुनासो बढिरहेको बेला गृहमन्त्री खाँडले प्रदेशका सुरक्षा प्रमुखहरुलाई प्रदेशको शान्तिसुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिने छन् । तर त्यस अघि उनी जानकी मन्दिरमा पूजापाठ गर्ने झाले बताए । जनकपुरधाम दौडहाको संयोजन गरिरहेका झाका अनुसार दिउँसो धनुषा पार्टी कार्यालयमा उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।


