२०७८ कार्तिक २, मंगलवार ०७:५६

मलगंवा । माओवादी नेता एवं पुर्व मन्त्री मातृका प्रसाद यादवले जनयुद्धको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवार पार्टीले लिएको बताएका छन् ।

प्रजातन्त्र सेनानी हृदय नारायण चौधरीद्वारा लिखित तथा प्रकाशित ‘साहित्य समाजका दर्पण है’नामक पुस्तकको सर्लाहीमा विमोचन गर्दै यस्तो बताए । जनयुद्धमा लागेको ब्यक्ति भएकोले जतिपनि घटनाहरु भएका छन् त्यसको नैतिक रुपमा जिम्मेवार आफु हरु रहेको उनले प्रष्टयाए । उनले पार्टी सरकारमा रहेको तर सरकार हाम्रो नरहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह समेत गरे । विमोचन गरिएको पुस्तकका लेखक तथा प्रकाशक सर्लाही पडरिया वडा न–१ निवासी चौधरीले पुस्तकको बारेमा प्रकाश पार्दै यसमा झुठ, फरेव, जाल, साजिश, बेइमानी, पाखण्ड र अत्याचारीहरुको पर्दाफास गर्नुका साथै भगवान रामकृष्ण, जिसस –क्राइस्ट, बुद्ध, महाविर, जुन्नैद, लाओत्से, आइन्सटाइन, लालबहादुर शास्त्री, लक्ष्मी प्रसाद देवकोटा लगायतको चर्चा गरिएको बताए । उनले यस पुस्तक मार्फत भ्रष्टाचार र त्यसको निदानको लागि नयाँ बाटो समेत देखाएका छन् । बि.स २०३६ सालको जनक्रान्तिमा सक्रिय भूमिका खेलेका चौधरीले पुस्तकमार्फत सामाजिक, राजनीतिक, धार्मिक तथा राजनीतिक घटनाक्रमको चर्चा गरेका छन् । यसलाई एक्काइसौं शताब्दीको लागि एउटा अनौठो पुस्तकको रुपमा प्रस्तुत गरिएको चौधरीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी,माओवादी नेता अच्युतम काफ्ले, सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव, पुर्व सभासद हलिमा खातुन सेखिन, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेद्र साह, बार एसोसिएशनका अध्यक्ष नरेश चौधरी, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा,नेपाल मानवाधिकार संगठन अध्यक्ष रजनिकान्त झा,जनविकास समाजका अध्यक्ष रामदेव ठाकुर, कानूनविद मदन राय,राम बदन साह,मोहन यादव,स्थानीय समाजसेवी कौशल सिंह, पत्रकार महासंघ नेपाल प्रदेश न–२ कोषाध्यक्ष अजित सिंह, विनती चौधरी, रिपोर्टस क्लब नेपाल प्रदेश न–२ अध्यक्ष बख्तियार अली, शिक्षाप्रेमी रामचन्द्र महतो ,दयाकांत मिश्र,रमेश लाल कर्ण, गजेद्र प्रसाद गुप्ता, आयोजक संस्था होस्टे हैंसे का शीर्ष व्यक्तित्व विनय चौधरी ,मैथिली गायक सन्तोष कर्ण र पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं शिक्षक जितेन्द्रलाल दासले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News