अपडेट 
२०७८ कार्तिक २, मंगलवार ०८:०३

लोकतन्त्रको स्थापना तथा मानवअधिकारको रक्षाको नाममा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा आफ्नो निहित स्वार्थपुर्ति पश्चाकत त्यस देशलाई अन्योलमा राखी स्वयम भने कुलेलम ठोक्ने अमेरिकी चरित्रले यसपालि अफगानी जनतालाई पिडित बनाएको छ। पश्चिमेली मिडियाहरुवाट हुने गरेको महिमा मण्डनका कारण कथित “सुपर पावर“ को संज्ञा प्राप्त गरेको अमेरिका यथार्थमा चारैतिरवाट पराजित एंव अपमानित भई भाग्नु परेको इतिहासको पुनरावृति मात्रै गर्ने गरेको छ। फेरी अफगानिस्तानमा पनि तालिबान शासन कायम हुनु भनेको अमेरिकाको पराजय हो। एक किसिमले यो भियतनामको घटनालाई दोहोर्याेएको छ, भन्नुपर्दा अतिश्योक्ति नहोला। खर्बौ रुपैयाको लगानी र हजारौ सैनिकको शहादतका बावजुद अमेरिकी सेना अफगानिस्तानवाट ज्यान जोगाएर भाग्नु उसको पराजय नै हो। अमेरिकी प्रभावमा रहेको मिडियाले अफगानिस्तानमा अमेरिकाले भोग्नु परेको पराजयको चित्रण गर्न नचाहे पनि विश्वजगत अवश्य पनि यस यथार्थलाई बुझी सकेको छ। सन १९५० मा उतरकोरिया र दक्षिणकोरिया विच युद्ध भएको थियो। अमेरिकाले दक्षिण कोरियालाई समर्थन गरेको थियो। जबकी उतर कोरियालाई सोभियत संघले समर्थन गरिरहेको थियो।

तीन वर्षसम्म चलेको सो युद्धमा ३६ हजार ५७४ अमेरीकी सैनिक मारिएका थिए। जबकी त्यस युद्धमा अमेरिकाले ५० लाख करोड रुपैया जति खर्च गर्नु परेको थियो। अमेरिकाले त्यो युद्ध दक्षिण कोरियालाई जिताउन सकेन र अप्रत्यक्ष रुपमा आफ्नो पराजयलाई स्विकार गरी भाग्नुको विकल्प रहेन। सन् १९६५ मा अमेरिकाले वियतनामसित पनि युद्ध लडेको थियो। अमेरिका र भियतनाम विच झण्डै ८ वर्ष सम्म युद्ध चलेको थियो। त्यस युद्धमा अमेरिकाले ६० हजार भन्दा बढी सैनिक गुमाउनु परेको थियो। जबकी ९० लाख करोड रुपैया भन्दा बढी उसले खर्च गर्नु परेको थियो । तर सन् १९७३ मा दक्षिणी भियतनामलाई अपठ्यारो अवस्थामा छाडी अमेरिकी सैनिक त्यहाँवाट भागेका थिए। सन् १९७५ मा भियतनामको शासन सतामा कम्युनिष्ट पार्टीले पुर्णरुपेण कब्जा जमाए पछि अमेरिकी खुफिया संस्था सि.आई.ए.का अधिकारी र केही सैनिकहरु एयर लिफ्ट मार्फत अमेरिका फर्किनु परेको थियो। सन् १९९० मा ईराकले कुबेतमाथी कब्जा जमाए पछि अमेरिकाले त्यहाँ पनि आफ्नो हस्तक्षेप गरेको थियो। खाडी क्षेत्रमा भएको त्यस युद्धमा पनि अमेरिकाले एक लाख करोड डलरको खर्च गरेको थियो। बिस वर्ष सम्म चलेको त्यस युद्धमा अमेरिकाले सैयकडौ सैनिक गुमाउनु परेको थियो। युद्धको १३ वर्ष पछि कुबेत स्वतन्त्र हुन पुग्यो तर त्यसमा पनि अमेरिकाले नाफा भन्दा बढी घाटा नै सहनु पर्यो। ईराकका तत्कालिन शासक राष्ट्रपति सदाम हुसेनले रासायनिक हतियार राखेको भन्दै अमेरिकाले ईराक माथी आकर्मण त गरयो तर सदाम हुसेनलाई फासी दिईएको डेढ– दुई दशक वित्न लाग्दा पनि आज सम्म त्यहाँ रासायनिक हथियार पाउन सकिएन। सदाम हुसेन शुरुमा त अमेरिकाका समर्थक नै थिए तर पछिका दिनमा उनले अमेरिकालाई महत्व नदिई कचा तेल निकाल्ने ठेक्का रुस, जर्मनी, भारत र जापान जस्ता देशलाई दिने गरेको कुरा अमेरिकालाई मन परेन। सदाम हुसेनले ईराकका तेल भण्डारवाट व्यापक रुपमा तेलको निकाशी गर्ने गरेका कारण विश्व बजारमा कचा तेलको मुल्यमा ठुलो ह्रास आएको थियो, जुन कुरा अमेरिकालाई मन परेको थियो।

किनभने अमेरिका अन्तरराष्ट्रिय बजारमा तेलको मुल्य आफ्नो हिसाबले निर्धारण गर्न चाह्न्थ्यो। कथित रासायनिक हतियार राखेको निहुमा ईराक माथी आक्रमण गर्ने काम भयो र अमेरिकी सैनिकले सदाम हुसेनलाई हिरासतमा लिई झुण्डाउने काम गरयो। अमेरिकाको त्यस कार्यको प्रशंसा कसैले पनि गरेको थिएन। सदाम हुसेनको अन्त पश्चाकत पनि ईराक शान्त छैन् र त्यहाँका कतिपय भु–भागमा आईएस आईएसहरुको प्रभाव रहेको पाईन्छ। एक किसिमले ईराकमा पनि अमेरिकाको पराजय नै भएको मान्नु पर्छ। ईराक युद्धमा पनि अमेरिकाले एक लाख करोड लाख डलर भन्दा बढी रुपैया खर्च गर्नु परेको थियो। अफगानिस्तानका राजा जाहिर शाहको शासनलाई अन्त गरी सोभियत संघले त्यहाँ कम्युनिष्ट शासनको स्थापना गर्नमा सक्दो सहयोग र हस्तक्षेप गरेको थियो। सोभियत संघले त्यहाँ हजारौको संख्यामा आफ्नो सैनिक पनि तैनात गरेको थियो। सन् ८० को दशकमा अमेरिकाले अफगानिस्तानवाट कम्युनिष्ट पार्टी र सोबियत संघको प्रभाव समाप्त गर्न त्यहाँका धार्मिक संगठनहरुलाई महत्व र प्रश्रय दिन थाल्यो। ओसामा बिन लादेन र उनको संगठन अलकायदाको स्थापन, संरक्षण र समवर्द्धनमा अमेरिकाले महत्वपूर्ण भुमिका खेलेको थियो। आखिर अफगानिस्तानवाट कमनिष्ट पार्टीको पतन पनि भयो र सोभियत सैनिकहरु त्यहाँवाट फिर्ता पनि आए तर त्यहाँ राजनैतिक स्थायित्वको कायम हुन सकेन र विस्तारै तालिबानका लडाकुहरु शासन सतामा आफ्नो प्रभाव कायम गर्न थाले। धार्मिक कटरता र आतंकवादलाई आफ्नो जीवनको एउटा अहम अंग बनाएको तालिबानीहरुले शान्त भएर बस्नु सम्भव पनि थिएन। आखिर अलकायदाका लडाकुहरुले अमेरिकाको निम्ति महत्वपूर्ण मानिएको अमेरिका रक्षा मन्त्रालयको मुख्यालय पेन्टागन तथा वल्ड ट्रेड सेन्टर माथी हवाई आक्रमण गरे पछि अमेरिकाले धनजनको ठुलो क्षति व्यहोर्नु पर्यो।

आक्रोसित भएर अमेरिकाले अलकायदाका प्रमुख ओसामाविन लादेन, अल्कायदा र तालिवानको विरुद्धमा अभियान चलाउने काम गर्यौ। ९/११ को त्यस घटना पछि दुखी एवम आक्रोर्षित अमेरिकाले अफगानिस्तानवाट तालिवान शासनको अन्त मात्र गरेन अपितु लादेनलाई समेत पाकिस्तानको एबटावादवाट पक्राउ गरी त्यसको अन्त गरेको थियो। लादेन, अलकायदाका लडाकु तथा तालिबवानका लडाकुलाई समात्ने क्रममा अमेरिकाले पाकिस्तानमा र पाकिस्तान–अफगानिस्तानका सिमाक्षेत्रमा व्यापक रुपमा खोजी अभियान चलाउनु परेको थियो। अमेरिकी सैनिकको यस खोजी अभियानमा सैकडो तालिवानी र अलकादा सैनिक मारिएका थिए भन्ने अमेरिकी सैनिक पनि ठुलो संख्यामा क्षति सहनु परयो। अमेरिकाले अलकायनाको संरक्षण, वल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आक्रमण, तालिवान र अलकायदा विरोधी सैन्य अभियान र त्यस निम्ति पाकिस्तानवाट सहयोग लिन लाखौ करौडो रुपैया खर्च गर्नु परेको थियो। आफैले उत्पादन गरेको संस्थालाई अन्त गर्न अमेरिकाले त्यति बडी हानी नोक्सानी व्यहोर्नुलाई उसको सफलता कसरी मान्ने् ? अफगानिस्तानमा जन निर्वाचित लोकत्रान्तिक सरकारको पतन भएको छ। राष्ट्रपति अब्दुलघानीले देशवाट भाग्नु पर्ने अवस्था आयो। कुनै पनि जिम्मेवार नेता आफ्नो देश र जनतालाई अप्ठ्यारो अवस्थामा छाडेर यसरी भाग्नु दुर्भाग्यपूर्ण हो। अफगानिस्तानमा अमेरिका, युरोपेली संघ र भारत लगायतका देशहरुले त्यहाँको पुर्वाधार विकासमा निकै लगानी गरी त्यहाँका जनताको जिवनस्तरलाई उकास्ने काम पनि गरेको थियो तर अफगानिस्तानका नेताहरुको अकर्मण्यता, अवसरवादिता र भ्रष्टचारले पनि तालिवानी लडाकुहरुलाई संगठित हुने अवसर प्रदान गर्दै रहयो। पाकिस्तान, चिन, ईरान र रुसको अप्रत्यक्ष सहयोग प्राप्त गरेको तालिवानले सतामा आउने सम्भावना विकसित भई नै रहेको थियो। हुन त भारतलाई पनि सम्भवत यस अवस्थाको अनुमान भई नै सकेको थियो र उसले पनि तालिवानसित कुनै न कुनै रुपमा सम्पर्क कायम गरी सकेको थियो। वर्तमान अवस्थामा तालिवानको निम्ति पनि भारतको सहयोग र समर्थन अपरिहार्य रहेको देखिन्छ। सायद त्यहीँ भएर होला तालिनवानका प्रवक्ताले अफगानिस्तानमा भारतिय लगानीका परियोजनाहरु निर्वाध रुपमा संचालनमा रही रहने प्रतिकृया दिएका छन्।

अफगानिस्तानको माटो कुनै पनि देशको विरुद्धमा प्रयोग गर्न नदिने तालिनवान प्रवक्ताको भनाईले भारतलाई धेरै हद सम्म संतोष प्रदान गरेको हुन सक्दछ। अफगानिस्तानमा तालिवान शासनको पुर्नआगमन प्रति खुशी व्यक्त गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानीहरुले दासताको जन्जिर तोडेको प्रतिकृया दिएका छन् तर भोलीका दिन अफगानिस्तानका तालिवान शासकहरु र लडाकुहरु पाकिस्तानको निम्ति पनि समस्या बन्न सक्ने छन, ठिक त्यसरी नै जसरी अमेरिकाको निम्ति बनेका छन्। हाल अफगानिस्तानमा अमेरिकी नितीको पराजय भएको छ। अमेरिकाले जापानको हिरोसिमा र नागासाकिमा एटम बम खसाली विश्व जगतमा भयको वातावरण अवस्य पनि कायम गरेको थियो र अहिले सम्म उ त्यसैको आधारमा आफुलाई शक्ति शाली बताउदै आएको छ तर उसको पराजयको गाथा पनि निकै लामो छ। अमेरिका विश्वमा आफ्नो हतियारको विक्री गर्न चाहन्छ, र यसको निम्ती ती देशहरुमा अशान्ती आवश्यक छ। अफगानिस्तानमा पनि अमेरिकाको पराजय भएको छ ।

Comment


Related News

Latest News

Trending News