२०७८ कार्तिक ३, बुधबार ०७:०२

जनकपुरधाम । सोमवारदेखिको अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ ।

सोमवार राति र मंगलवार बिहान करिब ६ घण्टा सम्म लगातार वर्षा भएको थियो । वर्षाको पानीले उचित निकास नपाउँदा जनकपुरधाम उपमहानगरपालिका अधिकाँश वडाका सडकहरुमा एक फिट सम्म पानी जमेको थियो । कदम चोक रामपुर सडक खण्डमा दुई फिट सम्म सडकमै पानी जम्दा दर्जनौ सवारी साधनहरु फँसेको थियो भने कतिपय टेम्पु लगायतका सानो सवारीहरुको इन्जन सम्म पानी पसे पछि बिग्रेर सडकमै थन्किँदा केही बेरको लागि सडक अवरुद्ध समेत भएको थियो । सडकको पेटीहरुमा रहेको पानी निकास हुने ठाउँ बालुवा गिट्टीले पुरिएका कारण पानी घर–घरमा पसेको थियो । पोखरी नै पोखरीको सहर जनकपुरधामका अधिकांश पोखरीहरु टम्म भरेपछि सो पानी पनि पोखरी छेउछाउका घरमा पसेको छ । एशियाली विकास बैंकको ऋण सहयोग तथा जनकपुरधाम उप– महानगरपालिकाको समन्वयमा जनकपुरधाममा बनाइएको भूमिगत ढलको क्षमता अनुसारको पानी बहाव नभएका कारण सडकमै पानी जम्ने गरेको छ । दिनहुँ सडक सरसफाई नहुनु र सडक पेटिमै बालुवा गिट्टी थुपार्ने भएका कारण सडक पेटीका पानी निकास हुने ठाउँ अवरुद्ध हुने गरेका कारण पानी शहर क्षेत्रमै जम्ने गरेका छन् । मौसम विज्ञान विभागले दिएको चेतावनी अनुसार बुधबार पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ भने विभागले पुर्वी तराईका जिल्लाहरुमा विशेष रुपमा सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News