अपडेट 
२०७८ कार्तिक ३, बुधबार ०७:२५

जनकपुरधाम । ‘जय सियाराम’ नामक मैथिली भाषाको गीति एल्बम ह्रदय भन्दा पनि रकमलाई छोएको धारणा व्यक्त गरिएको छ ।

प्रदेश २ सरकारको आर्थिक लगानीमा निर्माण गरिएको सो एल्बमको लोकार्पण समारोहमा सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् । जनकपुरधाम स्थित गिरिजा सिनेमा हलमा मंगलवार आयोजित कार्यक्रममा प्रदेश २ सरकारका उद्योग ,पर्यटन तथा वन मन्त्री रामनरेश यादवले जय सियाराम एल्बमको लोकार्पण गरेका हुन । प्रदेश सरकारको पर्यटन प्रबद्र्धनात्मक प्रचार– प्रसार कार्यक्रम अन्र्तगत नवरस मिडिया तथा लोक समाजको संयोजनमा एल्बममा तयार पारिएको हो । एल्बममा एक सय भन्दा बढि कलाकारहरुले अभिनय गरेका छन । अभिनय गर्नेहरुमा कलाकार भन्दा गैरकलाकारहरुको संख्या बढि रहेको छ । प्रदेश सरकारको ८ लाख बजेटमा निर्माण भएको सो एल्बमको अडियोको गुणस्तरीयता मध्यम खालको रहेपनि भीडियोको स्तर देख्दा मोबाईलबाट सस्तोमै तयार पारिएको प्रष्ट देखिएको एक जना कलाकारले नाम नखुलाउने शर्तमा भने । उनले भने ,‘ आज पो कार्यक्रममा आठ लाखको कुरो आयो अनि पो हामीले थाहा पायौं यहाँ त हामीलाई पाँच लाख मात्रै आएको छ जसो तसो गरी एल्बम बनाउनु पर्ने हुन्छ भन्ने सुन्दै आएका थियौं । ’ ‘एल्बमको बजेट ८ लाख रहेपनि कलाकारहरुले भने सुको समेत पाएका छैनन ’– उनले प्रष्ट पारे । सबै क्षेत्रमा समावेशी ,समान सहभागिताको अधिकारको कुरो उठिरहेको बेला कलाकारहरुलाई किनारा लगाएर ऐतिहासिक एल्बममा कुनै खास परिवारकै नाता गोताका गैरकलाकार हरुलाई राखी यस क्षेत्रका सक्रिय कलाकारहरुको मनोबल घटाउने काम भएको गुनासो कलाकार एवं निर्देशक सरिता साहले पोखेकी छिन । ‘कला क्षेत्रमा समेत नातागोता हावी हुँदै जाने हो भने मुखरित प्रतिभाहरु पनि मरेर जाने निश्चित हुन्छ तसर्थ प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले भने यसमा ध्यान दिनु पर्ने हो ’– साहको धारणा छ ।

एल्बममा नवरसका निर्देशक एवँ जय सियारामका गायक सुनिल मल्लिक परिवारकै दुई दर्जन भन्दा बढि व्यक्तिहरुले अभिनय गरेका छन । झट्ट हेर्दा यो एल्बम प्रदेश सरकारको एल्बम हो कि सुनिल मल्लिकको पारिवारिक एल्बम हो भन्ने प्रश्न समेत एल्बममा काम गरेका कलाकार हरुकै टिप्पणी रहेको छ तर सम्बन्ध बिग्रिने भयका कारण कसैले पनि नाम खुलाउन चाहेनन । गीत र संगीतले त ह्रदयमा छुने हुनु पर्छ तर जय सियाराम शब्दबाहेक कुनै खास प्रभाव पार्न सकेको छैन भने संगीत सुनिल र प्रवेशको यो भन्दा पहिलाकै संगीतको पुनरावृत्ति बोधक छ । एल्बममा प्रयोग गरिएको ‘जय सियाराम’ सन्दर्भ सम्बन्धी सामग्रीको अभाव देखिएको छ भने एउटै जय सियाराम शब्दलाई कयौं पटक प्रयोग गरि एल्बमलाई लामो बनाई ईतिहासकै सबै भन्दा महत्वपूर्ण गीति एल्बम बनाएको भ्रम छरिंदैछ । भीडियोको गुणस्तर देख्दा अलग– अलग मोबाईलमा स–सानो भीडियो खिचेर प्राविधिक चलाखी गरी न्यून खर्चमै भीडियो निर्माण गरी गायक तथा गितकारले सम्पुर्ण बजेट बाँडफाँड गरेको स्रोतको दावी छ । सहज रुपमै उपलब्ध आप्mनै नातागोताका व्यक्तिहरुको प्रयोग गरी निर्माण गरिएको यस गीति एल्बम बनाउन बढिमा एक लाख मात्र खर्च हुने प्राविधिकहरु कथन रहेको छ । उपलब्ध बजेटबाट कलाकारहरुलाई अभिनयको मौका दिएको भए केही न केही कलाकारहरुलाई पनि दिनु पर्ने बाध्यता हुन्थ्यो तर गैरकलाकार आप्mनै नातागोताका लाई निःशुल्क रुपमै काम गराएर रकम निर्माण कम्पनीले भ्mवाम्म पारेको पुष्टि भएको आरोप जनकपुरधामका कलाकार बीएन पटेलले लगाएका छन । ‘ सरकारी लगानीमा निर्माण गरिने सामग्रीहरु निर्माण गर्दा कलाकारहरु मुख ताकेर बस्ने र गैरकलाकारहरुले अवसर पाउने भएपछि कलाकारहरुको मनोबल घट्ने नै भो ’– कलाकार पटेलले गुनासो पोखे । अशोक दत्तको अवधारणा र लेखन रहेको २१.५५ मिनेट लामो अडियो/भीडियो एल्बममा थुप्रैले स्वर दिएपनि नाम भने नेहा मल्लिक , सुनिल मल्लिक तथा रामनारायण ठाकुरको मात्र रहेको छ ।

जनकपुरधाम क्षेत्रको धनुषसागर , गंगासागर , बिहार कुण्ड ,मटिहानी ,कञ्चनवन लगायतका दर्जनौ ऐतिहासिक स्थलहरुको वर्णन गरिएको सो एल्बमको निर्देशन निहारिका मल्लिकले गरेकी छिन । नवरसका निर्देशक सुनिल मल्लिकको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रमको संयोजन शैलेन्द्र मल्लिक तथा अमरेश मल्लिकले गरेका थिए । कार्यक्रममा वन मन्त्रालयका निमित्त सचिव नन्दलाल यादव , मन्त्रालयका अधिकृत सुजित कुमार झा ,सामाजिक अभियन्ता दिपेन्द्र ठाकुर ,जनकपुरधाम उपमहानगरपालिकाका भूपू मेयर बजरंग प्रसाद साह ,मटिहानी नगरपालिकाका मेयर हरि मण्डल ,लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता कृष्णा सिंह सहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सरकारी लगानीलाई पारिवारिकमा रुपान्तरणको चर्चा भईरहँदा मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले भने गीति एल्वमलाई ऐतिहासिक कार्यको संज्ञा दिएका छन । उनले भने ,‘ यस एल्बममा ऐतिहासिक स्थल मटिहानीको बारेमा समेत चर्चा भएको छ , गौरवको विषय हो । ’ त्यसै गरी जउनपाका पूर्व मेयर बजरंग प्रसाद साहले जनकपुरधामको महत्वबारे गीत मार्फत उजागार गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको टिप्पणी गरेका छन । उनले भने ,‘ यहाँका ऐतिहासिक पौराणिक धरोहरबारे आजको सूचना÷प्रविधिको यूगमा अडियो भ्युजलमा निर्माण गर्नु अत्यन्त सराहनीय काम हो यसमा कुनै दुई मत छैन । ’ सो गीति एल्बममा जानकी मन्दिर जस्तो प्रतिष्ठित मन्दिरका श्री महन्थ रामरोशन दास वैष्णवलाई समेत अभिनय गराउनु अनुचित रहेको चियोचर्चो सुरु भएको छ ।

Comment


Related News

Latest News

Trending News