अपडेट 
२०७८ कार्तिक ३, बुधबार १७:०१

नेपालमा बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २२ पिसिआर परिक्षणका क्रममा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टीजेन परिक्षणका क्रममा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७५८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार १ सय ५५ जना निको भएका छन् । हाल ११ हजार ५ सय ७९ सक्रिय संक्रमित आइशोलेशन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News