२०७८ कार्तिक ४, बिहीबार ०७:३३

मलगंवा । तराई मधेशका किसानलाई यतिखेर धान भित्र् ियाउने चटारो रहेको अवस्थामा किसानहरुलाई दैवीक पीडाले ग्रसित बनाएको छ ।

अविरल वर्षाले यहाँका किसानले काटेको धानमा क्षति पुर्याए पछि उनीहरुको पीडामा मलहम पनि लगाउने कोहि भेटाई रहेका छैनन् । साउन, भदौमा उपयुक्त पानी पर्दा उब्जनी बढ्ने आशामा रहेका किसानलाई सोमवार र मंगलबार परेको अविरल बर्षाले निराश बनाएको छ । केहि दिन दसै मनाउन ब्यस्त रहेका तराइका कृषक तयार रहेको धान काट्ने र भित्र्यिाउने काममा ब्यस्त हुन थालेका थिए । तर, परेको वर्षाले उनीहरुलाई निराश बनाएको छ । पहेलो भएर पाकेको धान काट्न किसान खेतमा सक्रिय भएकै बेला पानी पर्दा उनीहरु विचल्लीमा परेका छन् । सर्लाहीको कविलासी, हरिपुर, लालबन्दी, हरिवन, बरहथवा, हरिपुर्वा, बागमती नगरपालिका तथा ब्रह्मपुरी, पर्सा, गाउँपालिका लगायतका विभिन्न क्षेत्रमा दशै अघि नै पाकिसकेका धान काटेर घर–घरमा भित्र्यिाउने सुरु गरिसकेका थिए भने जिल्लाको मलंगवा, गोडैता नगरपालिका तथा कौडेना, विष्णु गाउँपालिका लगायतका दक्षिणी भेगका किसान साउनमा रोपिएको धान दशैं सक्किए लगत्तै भित्र्यिाउन थालेका थिए । बर्षाले थप असर नगरे छठसम्म बाली थन्काउन सक्ने उनीहरुले बताउँछन् । यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले असार सुरु हुनासाथ किसानहरुले धान रोपेका थिए । यस वर्ष धानको उत्पादन राम्रो भएको किसान दिनेश रायले बताउँछन् । कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद कुशवाहाले केही ठाउँमा धानबालीमा लाग्ने गवारो र लाही किरा तथा रोगको प्रकोप देखिए पनि पछिल्लो वर्षको तुलनामा यसवर्ष धान राम्रै फलेको बताए ।

यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । यसवर्ष समयमा वर्षा भएकोले उत्पादन बढेको छ, तर आउँदा सिजनमा पनि यसैगरी समयमा पानी पर्ने हो भन्ने कुनै ग्यारेन्टी नरहेकोले सरकारले किसानलाई सिंचाइको सुविधाको साथै वर्षेनी रोपाइँको बेला हुँदै आएको बीउ बिजन र मलखाद्यको अभाव हुन नदिन सरकारले दीर्घकालिन योजनाहरु बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने किसान रायले माग गरेका छन् । सर्लाहीबासी समेत रहेका वर्तमान सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव यसअघि सिचाइ मन्त्री रहेको बेला यहाँका किसानको खेतखेतमा सिचाइको सुविधा उपलब्ध गराउन कुलो निर्माणका लागि सर्वे समेत गराइसकेको भएपनि हालसम्म कुलो निर्माणको काम अगाडी नबढेपछि आफुहरुलाई खेतीको लागि आकाशे पानीकै भर पर्नुपरेको किसानहरुले गुनासो गरेको बताए । किसानलाई खेतीपातीको लागि चाहिने बिउ बिजन, मलखाधको अभाव लगायतका समस्याको बारेमा सरकार अनभिज्ञ नरहेकोले अबका दिनहरुमा यसको अभाव हुन नदिन वर्तमान सरकार योजनाबद्ध तरिकाले अगाडी बढ्ने कृषि तथा पशु पन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताए । सर्लाहीको २० वटै स्थानीय तहका करिब ४४ हजार हेक्टर खेतीयोग्य जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News