जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले निजामती कर्मचारी (संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका डीभीजनल ईन्जिनियर राजेश कुशवाहामाथि अभद्र व्यवहार गरेको घटना निन्दनीय रहेको भन्दै नेपाल ईजिन्यिर्स एशोसिएन नेपालले (नेअन)ले भत्र्सना गरेको छ ।
नेअनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ,‘कुनै पनि पेशागत पदाधिकारी माथि कारवाही गर्नु पर्ने अवस्थामा देशमा कानुनी व्यवस्था छ । यस्तोमा वार्ता र सम्वादको माध्यमबाट उपचार खोज्नु पर्ने ठाउँमा दादागिरी शैली अवलम्बन गर्दा समाजमा द्वन्द्व फैलिने सम्भावना हुन्छ । ’ नेअनले घटनालाई अमानवीय बताउँदै दोषीमाथि कडा कारवाही गर्न स्थानीय प्रशासनसंग मांग गरेको छ । त्यस्तै सेन्टर फर डेमोक्रेटिक ईन्जनियर्स नेपाल (सिडेन)ले विज्ञप्ति जारी गर्दै आयोजना प्रमुख कुशवाहामाथि घटना गराउनेहरुले अमानवीय कुकृत्य गरेको ठहर गर्दै दोषीमाथि कडा कारवाहीको मांग गरेको छ । सिडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘कार्यकक्षमा कार्यरत डीई कुशवाहामाथि अराजक समूहले गरेको अमानवीय क्रियाकलाप प्रति सेन्टरको गंभिर ध्यानाकर्षण भएको छ ,तसर्थ अमानवीय र अपराधिक क्रियाकलाप गर्नेहरुमाथि कडा कारवाही गर्नु पर्ने सरकारसंग हाम्रो मांग छ ।’ दोषीमाथि कारवाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सिडेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसै गरि नेपाल ईन्जिनियर्स एशोसिएन प्रादेशिक केन्द्र जनकपुरधामले ई.राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताहरुले लाठी भाटा सहित गरेको आक्रमण तथा अमानवीय घटना निन्दनीय रहेको जनाएको छ । ‘प्रदेशमा कानुनी राज्य हुँदा हुँदै कानुन र वार्ताको माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्नुको साटो गुण्डागर्दी गरि कार्यालय समेतमा तोडफोड गर्नु अराजकताको नमूना हो ’ , विज्ञप्तिमा भनिएको छ । जनमता पार्टीका कार्यकर्ताहरुले अराजकताको पराकाष्ठा नाँघदै कानुन हातमा लिएर उछृँखल गतिविधि गरी एक राष्ट्रसेवकमाथि गरिएको दुर्भाग्यपुर्ण घटनाका दोषीहरुमाथि तत्काल कारवाही नभए कडा आन्दोलनमा जाने चेतावनी समेत एशोसिएनले दिएको छ । ‘ पेशागत रुपमा एक ईन्जिनियर समेत रहेका पार्टीका प्रमुख डा.सीके राउतको यस कदमले ईन्जिनियरिंग पेशाको गरीमा र मर्यादा हनन गरेको हुनाले निजको नेपाल ईन्जिनिरिंग परिषदको दर्ता प्रमाणपत्र खारेज गर्न ईन्जिनियरिंग परिषदसंग समेत जोडदार मांग गर्दछौं । ’– विज्ञप्तिमा उल्लेख छ ।
एशोसिएनले शुक्रवार १० बजे घटनाको विरोध गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय परिसर थापाचोकमा सम्बन्धित सबैलाई जम्मा हुन आग्रह गरेको छ । मांगहरु वेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत एशोसिएनले दिएको छ । यसै बीच जिल्ला भरका अधिकृतहरुको साझा संगठन अधिकृत संगम धनुषाले ढल आयोजनामा भएको घटना प्रति घोर भत्र्सना गर्दै दोषीमाथि अविलम्ब कारवाहीको मांग गरेको छ । संगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ आयोजनाका निमित्त कार्यालय प्रमुख राजेश कुशवाहा सहितका कर्मचारीहरुमाथि जनमत पार्टीका कार्यकर्ताहरुले कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरी कार्यालयको कम्प्युटर ,प्रिन्टर ,ल्यापटप सहितका सामग्रीहरु तोडफोड गरी क्षति गरेको घटनाको घोर भत्र्सना गर्दछौं ।’ संलग्न दोषीमाथि कडाकारवाही गरी अगामी दिनमा यस प्रकारको घटना नदोहिरिन दिन स्थानीय प्रशासनले समेत गंभिरता अपानाउन संगमद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ । यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सिके राउतका कार्यकर्ताले गरेको दुव्र्यवहारलाई नेपाल निजामति कर्मचारी अधिकारीक ट्रेड युनियनले भत्र्सना गर्दै दोषिमाथि कडा कारवाहीको माग गरेको छ । सिके राउतका कार्यकर्ताले कर्मचारीहरुलाई कुटपीट गरि आयोजना प्रमुख कुश्वहालाई लछारपछार गर्दै कार्यालयबाट वाहिर ल्याई नाङगै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै अधिकारीक ट्रेड युनियन धनुषाले विरोध गरेको छ । कुनै राष्ट्रसेवक कर्मचारी गल्ती गरेको खण्डमा त्यसलाई ढण्डित गर्ने अनेकन कानुनी प्रवधान हुदाहुदै राउतका कार्यकर्ताहरुले कानुनी राज्यलाई उपहास गरेको निजामति कर्मचारी अधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले बताए ।


